मोटोरोलाका स्मार्टफोनहरू बजारमा

नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार १८:१६:७

१ पुस, काठमाडाैं । आफ्ना स्थापित जी र इ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरालाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ।
मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक-कल मोबिलिटी प्रा.लि. को साथमा भएको छ । जसको एउटा रोचक र साझा इतिहास छ। सन् २००७ मा, कल मोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सि सिरिज जस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो।
नेपालमा यी मोडलहरू अत्यन्त लोकप्रिय थिए र बजारबाट बहिर्गमन नहुन्जेल मोटोरोला मोबाइलका ब्राण्डहरूमा नेपालमा अग्रणी ब्राण्डका रुपमा रहेका छन् । मोटोरोला कल मोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गर्ने लक्ष्य राखेकाे कम्पनीले जनाएकाे छ ।
विश्वव्यापी रुपमा नै मोटोरोलाका इ र जी वर्ग यसका दुईवटा अति लोकप्रिय उत्पादनहरू हुन्, जसमा सन् २०१९ सम्ममा जी वर्गको विक्री मात्र १० करोडभन्दा धेरै भएको दावी कम्पनीकाे छ । त्यस्तै इ वर्गले ती ग्राहकलाई केन्द्रित गर्दछ जो आफ्नो वर्गमा विशेषतामा उत्तम भएको अझ नयाँ जीवनशैलीमा स्तरोन्नति गर्न खोज्दैछन् ।
जीका उप्तादनहरू ‘सबैका लागि अधिकतम लाभ’ को वाचासहित उपभोक्ताहरूको ठूलो जमातलाई बढेको अनुभव प्राप्त होस् भनेर प्रिमियम विशेषताहरूको प्रजातन्त्रिकरणको तात्पर्य कम्पनीले राखेकाे छ ।
यस वाचाका लागि सत्य बन्दै मोटो जी नाइन प्ले र इ सेभेन प्लस, दुबै आफ्ना वर्गमा उत्कृष्ट विशेषताहरूसहित असाधारण मूल्यमा उपलब्ध रहेकाे तथा यसले नेपाली बजारमा तहल्का मचाउने निश्चित भएकाे कम्पनीकाे दावी छ ।
कम्पनीका अनुसार मोटो जी प्ले कार्यप्रदर्शन, क्यामरा, ब्याट्री र अन्य धेरैथोकमा एउटा शक्तिशाली फड्को हो । सबैका माझ प्रवाह गर्ने गरि डिजाइन गरिएको नयाँ मोटो जी उपकरणले आफूलाई चाहिने सबैथोक एउटा उत्पादनमा राखेर प्रयोगकर्ताको अनुभवलाई अर्को उचाईमा पु¥याउदछ। पूर्ण रुपमा नयाँ मोटो जि नाइन प्लेको आफ्नो वर्गमा उत्कृष्ट समग्र अनुभव हाे ।
एउटा अत्यन्त-चाडो काम गर्ने र भर्खरको क्वालकम ® स्न्यापड्रागन ™ ६६२ चिप्सेट, एउटा ४८ एमपीको प्राइमरी सेन्सर ट्रिपल क्यामरा प्रणाली एफ्र १.७ एपेर्चर भएको आफ्नो वर्गको अग«णी र २० वाटको टर्बोपावर™ चार्जिंग भएको एउटा शक्तिशाली ५०००० एमएएच ब्याट्री जुन दुईदिनसम्म टिक्छ र नियर(स्टक एन्ड्रोइड अनूभवकासाथ केवल नेरु १९,९९० र- ९ जि नाइन प्लेका मानक विवरणहरू अलग्गै दिइएको छ ।
आजै घोषणा गरिएको – मोटो इ सेभेन प्लस नाइट भिजन प्रविधिका साथ आफ्नो वर्गमा उत्कृष्ट ४८ एमपी एफ र१.७ प्राथमिक शुटरसहित रहेकाे छ । यसका अतिरिक्त, यसले यस समूहमा अग्रणी विशेषताहरू प्रदान गर्ने भएकाे छ ।
नेरू १६, ५९० को अविश्वसनीय मूल्यमा
उक्त अवसरमा बोल्दै मोटोरोला –भारत र सार्क राष्ट्रका प्रवन्ध निर्देशक प्रशान्त मणिले भने-“हामी नेपालमा हाम्रा नवीनतम र आफ्ना वर्गमा उत्कृष्ट, मोटो जी नाइन प्ले र मोटो इ सेभेन प्लस स्मार्टफोनका साथ पुनरागमन गर्न पाउदा हर्षित भएकाे बताए । गुणस्तरका लागि ख्यातिप्राप्त र भिन्न, स्वच्छ र स्टक एन्ड्रोइड् अनुभवका साथ रहेर उपभोक्ताका लागि अर्थपूर्ण नवीनताका साथ प्रस्तुत हुने एउटा सशक्त विश्वव्यापी ब्राण्ड भएकाले हाम्रा उत्पादनहरूले नेपाली उपभोक्ताहरूलाई खुशी पार्न सक्ने प्रवन्ध निर्देशक प्रशान्त मणिले बताए ।
कल मोबिलिटी प्रा. लि.को वरिष्ठ व्यवस्थापनको उक्त अवसरमा भनाइ थियोः “हामी मोटोरोलालाई नेपालमा पुनः ल्याउन पाउदा अत्यन्त रोमान्चित र हर्षित छौं। हामी मोटोरोलाका मुख्य मूल्यमान्यताहरूमा साच्चै नै विश्वास गर्दछौं। मोटोरोलाको नवीनताका लागि लगावसँग हाम्रो वितरण र विक्रीपछिको सञ्जालको साथले गर्दा हामी सन् २०२१ सम्ममा मोटोरोलालाई नेपालको एउटा अग्रणी स्मार्टफोन ब्राण्ड बनाउन सक्नेछौं भन्नेमा विश्वस्त छौं।”
उपलब्धता र मूल्य
मोडल नम्बर किसिम उपलब्ध रङ्गहरू अधिकतम खुद्रा मूल्य
मोटो जि नाइन प्ले ४ जिबी : १२८ जिबी इलेक्ट्रिक ब्लू १९९९०
मोटो इ सेभेन प्लस ४ जिबी : ६४ जिबी मिस्टी ब्लू १६५९०
वारेन्टीका शर्तहरूः
हेण्डसेटका लागि १ वर्ष, ब्याट्री तथा चार्जरका लागि ६ महिना
सेवासँग सम्बन्धित सोधपुछका लागि, कृपया सम्पर्क गर्नुहोस्ः
सिटिसी मल, पाँचौ तला, सुन्धारा, काठमाडाैं
सम्पर्क नम्बरः ०१-४२१८०८४
मोटोरोलाका बारे कम्पनीकाे भनाई
झण्डै १०० वर्ष अघिको नवीनताको अग्रणी इतिहास भएको, मोटोरोलाले मोबाइल सञ्चार उद्योगको सिर्जना गरेको हो। मोबाइल सञ्चारलाई सम्भव बनाउने धेरैजसो मापदण्डहरू तथा प्रविधिहरूको आविष्कार गरेकाे यस कम्पनीकाे पहिलो मोबाइल फोन, पहिलो बेस स्टेशन, र यी बीचका धेरैजसो कुराहरू पर्दछन्।
आज, हामी उक्त अग्रपंक्तिमा हुँदाको उर्जालाई उपभोक्ताहरूका लागि नवीकृत गरिएको प्रतिवद्धतासँग मिसाउदैछौं। त्यसैले हाम्रा फोनहरू संसारको लोकप्रिय अपरेटिंग सिस्टम एन्ड्रोइड्मा चल्छन् । एन्ड्रोइड्ले त्यो खुल्लापन ल्याउछ जसले मोबाइलको दुनियाँमा इन्टरनेटलाई स्वरूप दियो। त्यहि कारणले गुणस्तर, अनुभव वा बनौटमा सम्झौता नगरिएका उपकरणहरू मार्फत संसारभरिका उपभोक्ताहरूका लागि हामी भव्य मूल्यवत्ता ल्याउनका लागि समर्पित छौं ।
विगतको ८० वर्षदेखि, हाम्रा इन्जिनियरहरू नवीनतामा र समस्याहरू समाधान गर्न नयाँ तरिकाहरू पत्ता लगाउदै हुर्केका छन्। गतिशिलताको जादु मार्फत हामीले मानिसहरूको भलाइका लागि उनीहरूको जीवनमा नयाँ अवसरहरू खोज्न जारी राखेकाछौं।
कल मोबिलिटी प्रा.लि. बारे
कल मोबिलिटी प्रा.लि.नेपालको ग्याजेट र गतिशिलताको पर्यावरण प्रणालीका लागि एउटा अग्रणी कम्पनी हो। कम्पनीको मुख्य ध्यान भनेको, आफ्ना उपभोक्ताहरूलाई अतुलनीय विक्री गर्दा र पछिकोसेवा प्रदान गरेर खुशी पार्नु हो। सन् २००७ मा स्थापित, देशै भरि अग्रणी खुद्रा विक्रेताहरूका साथ साझेदारी गर्दै कल मोबिलिटीको एउटा फराकिलो वितरण च्यानल छ। नेपाललाई विद्युतीय माध्यममा उच्चतम रुपमा सक्षम पार्ने उद्देश्य सहित, कल मोबिलिटीसुपथ मूल्यमा प्रविधिका हिसावले उत्कृष्टसामग्री भित्र्याउन चाहन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार