विशेष अधिवेशन माग गर्दै नेकपा सांसद शीतलनिवासमा, सचिवको मोवाइल स्वीच अफ
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार २०:१०:१३
१ पुष, काठमाडौं । केपी ओलीको ज्यादतिविरुद्ध पार्टी संरचना निरीह देखिएपछि नेकपा आवद्ध सांसद्हरु नै अघि सरेका छन् । संसद छलेर अध्यादेशमार्फत मुलुक चलाउने ओलीको चालबाट दिग्दार भएका सांसद्हरुले आज विशेष अधिवेशन बोलाउन राष्ट्रपति गुहारेका छन् ।
संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सत्तारुढ नेकपा सांसद शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको सांसदहरुको टोली हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति कार्यालयका सचिव हरि पौडेलको मोवाइल स्वीच अफ रहेकाले उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् । सत्ताधारी दलका सांसद्हरुले हस्ताक्षर गरी शीतल निवासमा बुझाउन गएकाहरुलाई राष्ट्रपति कार्यालयले भने सहयोग गरेन ।
हस्ताक्षरसहितको निवेदन दर्ता गर्न खोज्दा राष्ट्रपति कार्यालयका सचिव नै देखापरेनन् । लामो समय कुर्दासमेत सचिव अनुपस्थित रहेकाले सांसद्हरुले सचिवालयमा साे निवेदन दर्ता गरेका छन् ।
आफूहरुको निवेदन षड्यन्त्रपूर्वक बुझ्न नमानेको शीतलनिवास पुगेकाे नेताहरुले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार