संवैधानिक परिषदको उपादेयता सकियो, अध्यादेश फिर्ता गर : राप्रपा
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार २१:४६:२६
१ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हिजो जारी गरेको अध्यादेश फिर्ता लिनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि पार्टीको निर्णयहरु विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो ।
१. संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गर्ने प्रक्रिया र अध्यादेशको विषयवस्तु दुवैले संविधानको चिरहरण गरेको छ । संविधानको मर्म र भावनामाथि गम्भीर प्रहार गरेको छ । यो सर्वसत्तावादी र अलोकतान्त्रिक कार्यको राप्रपा विरोध र भत्सर्ना गर्दछ ।
यो अध्यादेश प्रकरणमा संविधानको संरक्षण र पालना गर्नुपर्ने निकाय र पदाधिकारीहरु गैरजिम्मेवार सावित भएका छन् । भागवण्डा नमिलेर प्रतिपक्षी दलका नेता संवैधानिक परिषदको बैठकमा नजानु, निहित गुटगत राजनीतिको प्रभावमा परेर सभामुख पनि बैठकमा नजानु, उनीहरुको अनुपस्थितिलाई बहाना बनाएर प्रधानमन्त्रीले अध्यादेश ल्याउनु, अध्यादेशका बारेमा आवश्यक न्युनतम ध्यानसम्म नदिई द्रुतगतिमा राष्ट्रपतिले जारी गर्नु तथा संविधानको भावना विपरीत आएको अध्यादेशलाई प्रधानन्यायाधीशले परोक्ष रुपमा समर्थन जनाउनुले वर्तमान पद्धति र व्यवस्थाको औचित्यमाथि प्रश्नचिन्ह खडा गरेको छ । संवैधानिक परिषदको उपादेयता समाप्त भएको छ । यस्तो विवादास्पद र अनावश्यक अध्यादेश तुरुन्त फिर्ता गरियोस् भन्ने राप्रपा माग गर्दछ ।
२. मुलुकका विभिन्न भागबाट उखु किसानहरु चिनी मिलका मालिकहरुबाट भुक्तानी नपाएको विषयलाई लिएर राजधानीको माइतिघर मण्डलामा धर्ना बसिरहेका छन् । किसानले रगत पसिना बगाएर कमाएको रकम मिल मालिकहरुले भुक्तानी नदिनु दूर्भाग्यपूर्ण हो । वर्षौंदेखि आन्दोलित किसानहरुको पेट भर्ने समस्यासँग सम्बन्धित जटिल विषयलाई वेवास्ता गर्ने, श्रमिक र किसानहरुको हित गर्छु भन्ने सरकारको व्यवहार भत्सर्नायोग्य र खेदजनक छ । गरिब किसानहरुले प्राप्त गर्नुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग राप्रपा जोडदार माग गर्दछ । विज्ञप्तिमा प्रमुख केन्द्रीय सचिवालय भास्कर भद्रा र ध्रुवबहादुर प्रधानको हस्ताक्षर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
अख्तियारको मुद्दा नजाँदै सिंहदरबारमा मुख्यसचिवका लागि दौडधूप
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
असार १२, २०८१ बुधबार
कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु, चट्याङबाट कसरी बच्ने ?
असार १२, २०८१ बुधबार
घिसिङ र उद्योगीबीच सुरु भयो वार, कसको कति छ बिल ?
असार १२, २०८१ बुधबार
विद्युतको तार सर्ट भई आगलागी हुँदा लाखौँको क्षति
असार १२, २०८१ बुधबार