ट्रयाक्टर दुर्घटनाः सहचालकको मृत्यु, चालक घाइते
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार २२:४९:५
१ पुष ,खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा आज सोही ट्रयाक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा सोही ठाउँका ट्रयाक्टर चालक १९ वर्षीय तुजन राई गम्भीर घाइते भएको इन्द्रेणीपोखरीका वडाध्यक्ष देवेन्द्र राईले बताए । सिम्पानी–रोक्सिमभञ्ज्याङ सडकखण्डअन्तर्गत इन्द्रेणीपोखरीको मेर्लामा अनियन्त्रित भएको ट्रयाक्टर सडकबाट पल्टिएर करीब तीन मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनालगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय खोटाङबजार र प्रहरीचौकी सिम्पानीबाट प्रहरी पुगेका छन् । घाइतेलाई कम्मरमुनिको भाग नचल्ने अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोक्सिमभञ्ज्याङ पुग्नुभन्दा करीब आधा घण्टा अगाडि ट्रयाक्टर दुर्घटनामा परेको स्थानीय बासिन्दाले जनाएका छन् । शव परीक्षणका लागि उदयपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार