फोन कल होइन, सन्देश लेख्न कांग्रेस नेता मीन विश्वकर्माकाे अनुरोध
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस १, २०७७ बिहिबार ०:२८:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/min_J1TEnz2mj9.jpg)
१ पुष, काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं दलित संघका अध्यक्ष मीन विश्वकर्माले कोभिड–१९ बाट आफूले पुनर्जीवन पाएको बताएका छन् । कोभिड पछि ३६ दिन उपचार गरेर घर फर्किएका विश्वकर्माले रोगले चिन्ताजनक अवस्थामा पुगेको आफूलाई चिकित्सक र स्वास्थ्यकर्मीले पुनर्जीवन दिएको बताएका हुन् । ३६ दिनको अस्पताल बसाईपछि घर आएको आज १६ दिन बित्दा पनि अझै लगातार बोल्न र हिड्न नसकेको उनको भनाई छ ।
एक धन्यवाद सन्देश जारी गर्दै उनले कोभिड -१९ बाट संक्रमित भइ पहिले कार्तिक ९ गते वीर अस्पताल र स्वास्थ अवस्था झन जटिल भएपछि ११ गते राती ग्रान्डी अस्पतालमा चिन्ताजनक अवस्थामा पुर्याईएको थिए । बरिष्ठ चिकित्सक डा. सुभाष आचार्यको प्रत्यक्ष एबम आत्मिय निगरानीमा उक्त अस्पतालका चिकित्सकहरुको समुहसँगै अति स्नेही सेवा गर्ने नर्सहरुले मलाई पुनर्जीवन दिएको महसुस गरेको छु ।
उनले अगाडि भनेका छन्, उक्त सफल परिणामका लागि मुख्य अभिभावकको रुपमा अहोरात्र लागि पर्ने आदरणीय पार्टी सभापति शेर बहादुर देउबा, पार्टी पदाधिकारीहरु, तथा पुर्व पदाधिकारीहरु एबम केन्द्रीय सदस्यहरु, प्रमुख सचेतक मा. बालकृष्ण खाणको सक्रियता र योगदान अबिस्मरणिय मात्रै होइन हृदयस्पर्सी पनि भएको पाएको छु । साथै नेपाली काङ्ग्रेस पार्टीका विभिन्न तहका नेता एबम कर्यकर्ता साथीहरुले ब्यक्त गरेको शुभेच्छाले मेरो मनोबल उच्च बनाएको छ ।
शुरुकै अबस्थामा देखि मेरो स्वास्थबारे चासो र चिन्ता ब्यक्त गर्दै प्रभावकारी उपचारका लागि कृयाशिल हुनु हुने सम्माननिय सभामुख, माननीय साम्सदहरु, कानुन समिति सभापति र संसदका महासचिव लगायत सबै कर्मचारी मित्रहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
मेरो स्वास्थ अवस्था जटिल बन्दै जादा माया र चिन्ताले दलित आन्दोलनका सहयात्री विभिन्न राजनैतिक सङगठन तथा नागरिक समाजका अग्रज नेताहरुले देखाएको अभुतपुर्व एकता, माया, सहयोग र सरकारलाई दिएको प्रभावकारी दवावले मलाई उद्देलित गराउदै थप हौसला बढाएको छ ।
साथै जीवन र मृत्युको दोसाँधमा हुँदा नेपाल सरकार, महामहिम रास्ट्रपति, सम्माननीय प्रधानमन्त्री, मा. स्वास्थ मन्त्री लगायत मा. मन्त्रीहरु एबम माननीय सुभाष नेम्वाङले थप उपचारका लागि गर्नु भएको प्रयास र योगदानले मलाई भावुक बनाएको छ, सन्देशमा उल्लेख गरिएकाे छ ।
म ग्रान्डी अस्पतालको आइ.सि. यु.र भेन्टिलेटरमा अचेत अबस्थामा मृत्युसँग लडिरहँदा मेरो स्वास्थ अवस्थाबारे हरपल चासो राखी सन्चार माध्यमबाट निरन्तर सुचना प्रभाह गर्ने सबै प्रिय संचारकर्मी साथीहरु, मलाई बचाउन स्वदेश तथा बिदेशबाट भगवान सङग प्रार्थना गरि आस्था बमोजिम पुजा गर्ने सम्पुर्ण मेरा प्रिय साथीहरू, परिवार एबम आफन्तजनप्रति हार्दिक नमन गर्दछु, उनले भनेका छन् ।
अन्त्यमा, ३६ दिनको अस्पताल बसाईपछि घर आएको पनि आज १६ दिन भयो । अझै लगातार बोल्न र हिड्न सकिरहेको छैन् । अत: लामो समयपछि आजदेखि सामाजिक संजालमा उपस्थित भएको छु । फोन कल होइन, सन्देश लेख्न अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पले सत्ता सम्हाले लगतै अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार