संवैधानिक परिषद्लाई क्रियाशील बनाउन अध्यादेश ल्याइयोः सञ्चारमन्त्री
नेपालबहस संवाददाता
पुस १, २०७७ बिहिबार २:३२:२६
१ पुष , काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारलाई काम गर्न नदिई बन्धक बनाउन खोजिरहेका कारण आवश्यक भएर नै सरकार अध्यादेश ल्याउन बाध्य भएको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घले ‘सञ्चार क्षेत्रमा देखिएका समस्या र तिनका समाधान’ विषयमा छलफल गर्न आज आयोजित कार्यक्रममा मन्त्री गुरुङले कोभिड भाइरसको महामारीले सबै क्षेत्र आक्रान्त भइरहेका अवस्थाबाट माथि उठ्न सबै क्षेत्र जुट्नुपर्ने बेलामा भाइरस जस्तै फैलिरहेको गलत राजनीतिक परिपाटीको भाइरसको अन्त्य गर्न अध्यादेश ल्याइएको विचार राखे ।
संवैधानिक आयोगहरु क्रमशः खाली हुँदै जानु संविधान र लोकतन्त्रका निम्ति नै घातक हुने भएकाले संवैधानिक परिषद्लाई क्रियाशील बनाउनका लागि बाटो खोल्न मात्रै अध्यादेश विकल्पका रुपमा अघि सारिएको सरकारका प्रवक्ताले स्पष्ट गरे । एकातिर आयोगहरु खाली गरेर सरकार निरङ्कुश बाटामा अघि बढ्यो भनेर खिल्ली उडाउने र अर्कातिर संवैधानिक परिषद्को बैठक बस्न नदिने षड्यन्त्रकै कारण मुलुक अस्थिरतातर्फ धकेलिरहेको उनको भनाइ थियो । “राष्ट्र र संविधानलाई नै असफल बनाउने षड्यन्त्रबाट मुक्त गर्न नै सरकारले बाध्यतावश कदम चाल्नु परिरहेको छ ”, उनले भने ।
अध्यादेश किन ल्यायो भनेर सरकारलाई प्रश्न गर्नेहरुले किन ल्याउनुपरेको होला भनेर आफैँ ठण्डा दिमागले सोच्नुपर्ने जनाउँदै उनले सरकारले बाध्यतावश ल्याएको अध्यादेशबारे जनताले नै उत्तर दिने बताए । सरकारका प्रवक्ता गुरुङले आयोगहरु गठनका सम्बन्धमा निर्णय गर्न संवैधानिक परिषद्लाई क्रियाशील हुने वातावरण बन्न दिएको भए त्यस्तो अध्यादेशको बारेमा सोच्ने अवस्था नै आउने थिएन भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पोल चढ्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मंसिर ३, २०८१ सोमबार
दुई दिनमा ‘ह्रस्व दीर्घ’काे कमाई २ करोड
मंसिर ३, २०८१ सोमबार
नोक्सानीमा रह्यो जोशी हाइड्रोपावर
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार