साढे ५ बजे संवैधानिक परिषद बस्दै, ६ बजे क्याबिनेट डाके ओलीले
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २१:२:५५
२ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओली हुकुमी शासनमा विश्वास गर्छन् । कुनैबेला फ्रान्सका सम्राट लुई चौधौं भन्ने गर्थे – म नै राज्य हुँ । नेपालको हकमा पनि यस्ता सनकी शासक थिए जंगबहादुर राणा । उनी भन्ने गर्थे रे जंगेले जे बोल्यो त्यही कानून हो ।
आज एक्काइसौं सताब्दीमा समेत नेपाली जनताले नयाँ जंगबहादुर पाएकाछन् केपी ओलीको स्वरुपमा । ओलीलाई संसद् वा विधिपद्धति मन पर्दैन । केवल उनका मनमा उर्लेका भावना पूरा गर्न पाउनुपर्छ । त्यसैले उनी कुनैपनि बैधानिक बाटो हिंड्न रुचाउँदैनन् । संसद् बोलाउनेबेला अध्यादेश जारी गर्न उनी हतारिन्छन् ।
जब उनकै पार्टीका ८३ जना सांसद्ले संसद्को विशेष अधिवेशनको माग गर्न शीतल निवासमा धर्ना थिए अनि भने ओली गलेका थिए । त्यही अस्त्रले गर्दा ओलीले अध्यादेश फिर्ता गर्न सहमति जनाए । भारी मनले उनले सहमति त जनाए , तर फिर्ता गर्न मनैले मानेकोछैन । जब परिषद सदस्यसमेत रहेका प्रधानन्यायधीशले अब परिषदमा आउन नमिल्ने जानकारी दिए अनि चाहिं ओली फिर्ता गर्न वाध्य भएका हुन् ।
यसै प्रयोजनका लागि साँझ ६ बजे उनले मन्त्रिपरिषद बैठक डाकेकाछन् । सम्भवतः अध्यादेश फिर्ता गर्ने उनले निर्णय त्यहाँ लिनेछन् । तर मन्त्रिपरिषद बैठक अगावै ओलीले साढे ५ बजे संवैधानिक परिषद बैठक डाकेको स्रोतले बताएको छ । परिषद बैठक किन बोलाइएको भन्ने सन्दर्भमा स्रोतले प्रष्ट पार्न सकेन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
सडकको पहुँचले मलैबासीलाई सहज
मंसिर ३, २०८१ सोमबार
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
मंसिर ३, २०८१ सोमबार
भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि आइतबार हाजिर भएका बैकुण्ठ अर्यालले आज दिए राजीनामा
मंसिर ३, २०८१ सोमबार
चेक बाउन्स आरोपमा काभ्रेका सत्यमान लामा पक्राउ, अदालतबाट २ वर्षको कैद सजाय भएको थियो
मंसिर ३, २०८१ सोमबार