ओलीसँग छलफलका लागि प्रचण्ड बालुवाटार पुगे
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २१:५६:५५
२ पुष, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीसँग छलफलका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बालुवाटार पुगेका छन् । बिहीबार संवैधानिक परिषदको बैठक बोलाएका ओलीले उक्त बैठकअघि छलफल गर्न चाहेपछि प्रचण्ड बालुवाटार गएका पुगेका हुन् ।
प्रधानमन्त्री ओलीले बिहीबार बेलुका छ बजे संवैधानिक परिषदको बैठक बस्ने भनी अरु सदस्यहरुलाई बोलाएका छन् । यसअघि बुधबार नेकपाको स्थायी कमिटीको बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका हुन् । नियुक्तिमा अध्यक्ष प्रचण्डसँग परामर्श गर्ने सहमति हिजो बसेको नेकपा स्थायी कमिटी बैठकमा भएको थियो ।
अध्यादेश फिर्ता लिनलाई मन्त्रिपरिषद् बैठक बसेर अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ । त्यसका लागि आज साँझको लागि मन्त्रिपरिषद् बैठक बोलाइएपनि त्यसअघि नै ओलीले संवैधानिक परिषद् बैठक बोलाएपछि नेकपामा संशय पैदा भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार