साताको अन्तिम कारोबारमा रातो रंग, करेक्सन मात्र हो त ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २२:५१:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/nepse-1-1_7bv7rKYZbW.jpg)
२ पुष, काठमाडौं । साताको अन्तिम दिन आज बिहीबार शेयर बजार परिसूचक (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । बजार २२.७० अंकले घटेर २०३२.५१ अंकमा आएर बन्द भएको छ । हिजोको तुलनामा आज भने कारोबार रकम बढेको छ ।
आज कुल १ करोड ४१ लाख १४ हजार ४६० कित्ता शेयर ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बुधबार ५ अर्ब १४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।
बिहीबारको बजारमा कारोबारमा आएका १२ उपसमूहमध्ये लघुवित्त उपसमूहमा सामान्य वृद्धि देखिएता पनि अन्य उपसमूहको परिसूचक घटेको छ। लघुवित्त उपसमूहको परिसूचक यस दिन ०.२८ प्रतिशत बढेको छ । व्यापार र जीवन बीमा उपसमुहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने होटल, हाइड्रोपावर, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ८० करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल लाइफ इन्स्योरेन्सको ५५ करोड ४० लाख र नेपाल बैंकको ३७ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन महुली सामूदायिक लघुवित्त, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, माउन्टेन इनर्जी नेपाल र छ्याङ्गदी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको छ।
आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ७.५१ प्रतिशत घटेको छ । नेपाल बैंकले आ.व. २०७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेपनि शेयरमूल्य ६.२५ प्रतिशत घटेको छ। खानीखाेला हाइड्रोपावरकाे ५.९३ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीकाे ५.८१ ले घटेकाे छ ।
शेयरबजारमा विगत केही महिनादेखि लगातारको वृद्धिले गर्दा लगानीकर्ताको चाप बढेको छ । विशेषत कोरोना महामारीपछि बन्द भएको बजार पुनः खुलेसँगै चलमलाउन थालेको थियो । लगानीका धेरै क्षेत्रहरु कोरोनाका कारण अगाडि नबढेका समयमा शेयरबजारमा भने चमक देखियो । विशेष गरेर घरजग्गा कारोबार र अन्य उत्पादनमुलक क्षेत्रमा लगानी भइरहेको रकम समेत शेयर बजारमा आउन थाल्यो ।
त्यसमा पनि नेपालमा व्यापार व्यवसाय संचालन गरिरहेका माडवारी समुदाय र ठुला व्यापारीले समेत शेयरमा पैसा लगाउन थालेपछि कारोबार रकममा उल्लेख्य वृद्धि भएको थियो । गएको २ सातामा नेप्सेमा केही करेक्सन देखियो । बजारका अधिकांश लगानीकर्ताले छोटो समयमा नै अधिक नाफा बुक गर्न भ्याइसकेका छन् ।
बजारबाट नाफा बुक गरेका लगानीकर्ताले अब आउने हप्ता बजारमा नै लगानी बढाउने हो भने बजार पुन नयाँ रेकर्ड कायम गर्ने गरि बढ्ने अनुमान लगाउन सकिन्छ । होइन भने अर्को हप्ता पनि नेप्सेमा ओह्रालो यात्रा नै हुने विश्लेणहरुको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशेयरबजारमा आज सामान्य अङ्कको वृद्धि, चार अर्बको कारोबार
असार ११, २०८१ मंगलबार
नेप्से सामान्य अंकले बढ्दा पाँच अर्ब माथिको कारोबार
असार १०, २०८१ सोमबार
नेप्सेमा सामान्य गिरावट, ४ अर्बभन्दा बढीको खरिदबिक्री
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार