ओलीले बाेलाएकाे संवैधानिक परिषद्को बैठक बस्दै नबसि स्थगित
नेपालबहस संवाददाता
पुस २, २०७७ बिहिबार २२:४२:२६
२ पुष, काठमाडाैं । बिहीबार साढे ५ बजेका लागि बोलाइएको संवैधानिक परिषदकाे बैठक स्थगित भएको छ । संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले परिषद्को बैठक बोलाएका थिए ।
बुधबार मात्र नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो । बालुवाटारमा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि बैठक स्थगित भएको हो।
संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको अवस्थामा नयाँ अध्यादेश अनुसार नै बैठक बोलाउनु उपयुक्त नभएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बैठक स्थगित गर्न आग्रह गरेपछि बैठक स्थगित भएको हो।
प्रधानमन्त्रीले बैठक डाकेपछि प्रचण्डसहितका नेताहरूले छलफल गरी प्रचण्ड बालुवाटार पुगेका थिए । उनले ओलीसँग झन्डै आधा घन्टा छलफल गरेका थिए । मन्त्रिपरिषद्ले अध्यादेश फिर्ता गर्ने निर्णय गरेर औपचारिक रुपमा अध्यादेश फिर्ता भएपछि मात्र बैठक डाक्ने सहमति भएको छ।
प्रधानमन्त्री ओलीले विवादित अध्यादेश फिर्ता नहुँदै प्रधानमन्त्रीले परिषद् बैठक बोलाएपछि राजनीतिक वृत्तमा अन्योल र आशंका बढेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार