सामाजिक सञ्जालमार्फत जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की
नेपालबहस संवाददाता
पुस २, २०७७ शुक्रबार १:५:३३
२ पुस, कनकाई । झापाको कनकाइमा रहेको बिपी वन बाटिकाका विषयमा जनप्रतिनिधिलाई जोडेर स्थानीय एक वन हेरालुले ज्यान मार्ने धम्की दिएको छ । कनकाई– ५ मा रहेको वन बाटिकाका विषयमा आएको समस्या स्थानीय राजनीतिक दलसहित सरोकारवालासँगको सर्वपक्षीय भेलाबाट तीन वर्षअघि नै समाधान भएको थियो ।
पछिल्लो समयका वन हेरालु स्थानीय ज्ञानेन्द्र भट्टराईले बाटिका समिति र वडाका जनप्रतिनिधिले आफूलाई विस्थापित गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल ‘युट्युब’ मार्फत ज्यान मार्ने धम्की दिएपछि समस्या बाहिर आएको हो ।
स्थानीय सरकारका प्रतिनिधिलाई जोडेर सामाजिक सञ्जालमा आएका विषयप्रति खेद प्रकट गर्दै प्रमुख राजनीतिक दलसहित तीन दर्जन बढी स्थानीय सामाजिक सङ्घसंस्था साथै सरोकारवालाको उपस्थितिमा प्रेस विज्ञप्ति जारी गर्दै भट्टराई परिवारबाट लगाएको आरोपको खण्डन गरिएको छ ।
जनप्रतिनिधिले विस्थापित गरेको भन्ने भट्टराईको आरोपलाई कनकाई– ५ का वडाध्यक्ष कृष्णबहादुर राईले खण्डन गरे। बाटिकालाई राज्यको सम्पत्तिका रुपमा हस्तान्तरण गरिसकेकाले कसैले पनि यस विषयमा विवाद नझिक्न आग्रह गरिएको छ ।
समस्या समाधान गरेर नगरलाई हस्तान्तरण गर्न बाटिका समिति, वडाध्यक्षसहित जनप्रतिनिधि र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रद्वारा गठित माकुरा समूहले नौ महिनासम्म लगाएर सहजीकरण गरेको थियो । तत्कालीन समयमा भएको सहमतिविपरीत भट्टराईले जनप्रतिनिधिबाट आफू विस्थापित भएको आरोप लगाएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार