वडा भवन निर्माणमा जुट्टै कामपा
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार १३:३८:१७
३ पुष ,काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा)ले नयाँ वडा कार्यालय भवन निर्माण र तला थपको कामलाई तीव्ररूपमा अघि बढाएको छ । हाल कामपाको वडा नं ९, १४ ,१८ र २६ को भवन निर्माणपछि सेवा प्रवाह शुरु भइसकेको छ । वडा नं ३ र ४ को भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने वडा नं २ को भवन निर्माण प्रक्रिया शुरु गरिएको छ ।
कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार वडा नं ६ को पहिलो ढलान कार्य सम्पन्न भएको र वडा नं १२, १६, २१ र २९ को भवन निर्माणका लागि टेन्डर प्रक्रियामा रहेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका कार्यालय भवन पुनः निर्माण, निर्माण र तला थप गर्ने योजनाअनुरूप काम अघि बढाइएको बताउँदै आए ।
गोरखा भूकम्पका कारण पुनः निर्माण गर्न मिल्नेलाई निर्माण कार्य अघि बढाइएको छ भने मर्मत गरेर हुनेलाई मर्मतको काम र आवश्यकताअनुरूप तला थप गर्नुपर्नेलाई सोही अनुरुपको काम पनि कामपाले गरिरहेको छ । सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरूप एकै खालको हुने गरी निर्माण भइरहेको छ । सबै नयाँ भवन सम्बन्धित वडाका आफ्नै जग्गामा निर्माण गर्न लागिएको हो । एउटा कार्यालय भवन निर्माणका लागि रु दुई करोड ५० लाख लाग्ने अनुमान कामपाको छ ।
“कतिपय वडाका भवनमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेण्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ”, प्रवक्ता डङ्गोलले भने, “हाम्रै कार्यकालमा कामपाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने प्रतिबद्धताअनुसार अहिले काम भइरहेको छ ।” वडा नं ८ मा सामान्य विवाद देखिएको छ । ती बाहेकका सबै वडामा विवादरहित ढङ्गले काम भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
अमेरिकासहित चार देशका राजदूतलाई राष्ट्रपति पौडेलले गराए शपथ ग्रहण
मंसिर १६, २०८१ आइतबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार