सभामुख सापकोटाविरुद्ध सर्वोच्चमा व्यक्ति हत्याको मुद्दा, आज पेशी तोकियो
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार १८:११:४८
३ पुस, काठमाडौं । सत्तारुढ नेकपाभित्र पछिल्लाेसमय विवाद बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीचको शीतयुद्ध चर्किएको छ । संवैधानिक परिषदको बैठकमा नगएर ओलीसँग जोरी खोजेको आरोप लागेका सापकोटाविरुद्ध सर्वोच्च अदालतले व्यक्ति हत्या मुद्दामा पेशी तोकेपछि यस्ताे आशंका गरिएकाे हाे ।
सापकोटाको मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको हो । यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको नाम मुछिएको छ । उनकी पत्नी पूर्णिमाया लामाले ७ मंसिर २०६९ मा सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी हुन् । यो मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कणकमणि दीक्षित लगायतले अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।
त्यही मुद्दाको पेशी शुक्रबार तोकिएको छ । यसअघि निवर्तमान सभामुख कृष्ण महरालाई पनि यसरी नै फसाइएको आरोप छ । अहिले पूर्व एमाले पक्षले सापकोटालाई पनि द्वन्द्वकालिन मुद्दामा फसाउने योजना बनाएको अनुमान गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार