सुदूरपश्चिमका स्थानीय तहमा जग्गाधनी प्रमाण पुर्जा वितरणको गृहकार्य शुरु
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार २०:४६:११
३ पुष, भजनी । स्थानीय तहका जनप्रतिनिधिले निर्वाचनको समयमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोवास गर्दै आएका परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने एजेन्डा प्राथमिकताका साथ राखेका थिए । निर्वाचनको मुख्य एजेन्डा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थितरुपमा बसोबास गर्दै आएकालाई व्यवस्थापनका लागि स्थानीय तहले प्रयास जारी राखेको थियो ।
स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पूरा भइसक्दा पनि स्थायी जग्गाधनी प्रमाण पुर्जा पाउने आशमा बसेका कैलालीका स्थानीय भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोवास गर्दै आएका परिवारको सपना पूरा हुने भएको छ । सरकारले भूमिहीनका लागि सुदूरपश्चिम प्रदेशका १७ वटा स्थानीय तहमा जग्गाधनी प्रमाण पुर्जा वितरणको गृहकार्य शुरु गरेको छ ।
भूमि वितरणसम्बन्धी काम अघि बढाउन भूमिसम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिम प्रदेशका १७ वटा स्थानीय तहसँग सम्झौता गरेको हो । यससँगै आयोगले देशभरका १८७ वटा स्थानीय तहमा सम्झौता गरिसकेको जनाइएको छ । कैलालीको लम्कीचुहा नगरपालिकामा सबैभन्दा बढी अव्यवस्थित बसोबास रहेको छ । नगरपालिकाभित्र करिब ४० प्रतिशत जनसङ्ख्या अहिलेसम्म ऐलानी जग्गामा बसोबास गर्दै आएको बताउँदै नगर प्रमुख महादेव बजगाईले लामो समयपछि आफूहरुले जनतासामु बोलेको महत्वपूर्ण कुरा पूरा हुन लागेको बताए ।
नगरपालिकाको मुख्य बजार लम्की, पर्यटकीय क्षेत्र चिसापानीलगायत कुनै पूरै वडा पनि ऐलानीमा रहेको बताउँदै प्रमुख बजगाइँले वर्षौंदेखिको नगरवासीको सपना पूरा हुन लागेको बताए । “हामीले लगत सङ्कलनसहित प्राविधिक काम शुरु गर्ने तयारी गरिसकेका छौँ” प्रमुख बजगाईले भने । असार मसान्तसम्म वास्तविक भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरी सक्ने गरी काम गर्छौं ।”
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले लामो समयको प्रतीक्षापछि महत्वपूर्ण कामको लागि शुरुआत गरिएको बताए । उनले गाउँपालिकामा करीब सात हजार भूमिहीन सुकुम्बासी रहेको बताउँदै त्यसका लागि १६ जना जनशक्ति चाहिने बताए । “अधिकांश काम आयोगले नै गर्नेछ । माथिल्लो तहका कर्मचारी व्यवस्थापनमा होस वा जग्गाधनी प्रमाण पुर्जा वितरणमा होस्” अध्यक्ष चौधरीले भने, “हामीले तथ्याङ्क संकलन गरी आयोगमा पठाउँछौँ । आयोगले सूचना आएपछि तथ्याङ्क संकलनको प्रक्रिया अगाडि बढाउने छ ।”
भूमिहीन सुकुम्बासीको पालिकास्तरमा जग्गाधनी प्रमाण पुर्जा वितरणका लागि स्थानीय तहले लगत एकाइ शाखा विस्तार गरी कर्मचारी एकाइ खडा गर्नुपर्ने घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले जानकारी दिए । उनले वडास्तरबाट लगत संकलन गरी नगरपालिका पठाउने र नगरपालिकामा गठन भएको सहजीकरण समितिले आवश्यक समस्या समाधान गरेपछि कार्यपालिकाले निर्णय गरी जिल्ला समिति भए जिल्ला नभए केन्द्रीय आयोगमा पठाइने बताए ।
“नगरपालिकामा उच्च बसाइँसराइ हुँदै आएको छ । उच्च बसाइँसराइले अव्यवस्थित बसोबासको समस्या बढी छ ।” प्रमुख चौधरीले भने, “पालिकामा करीब छ हजार परिवार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएको अनुमानित तथ्याङ्क छ ।” भूमिहीनलाई जग्गा वितरण गर्न आयोगले कैलालीको धनगढी उपमहानगरपालिका तथा लम्कीचुहा, टीकापुर, भजनी, गोदावरी, गौरीगङ्गा, घोडाघोडी एवं कैलारी र जानकी गाउँपालिका गरेर नौ स्थानीय तहसँग सम्झौता गरेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढी-पहिरोले उपत्यकामा ३२ सहित देशभर ५३ जनाको मृत्यु, थुप्रै क्षेत्र जलमग्न
असोज १२, २०८१ शनिबार
पर्वतमा आमाछोरी पाँच दिनदेखि सम्पर्कविहीन
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार