पुष १६ गतेसम्म कायम शेयरधनीलाई हिमालयन डिष्टिलरीको १०० प्रतिशत लाभांश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार २१:१५:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/HDL-nepalbahas_8LATpd2y9X.jpg)
३ पुष, काठमाडौं । हिजो बिहिबार बसेको हिमालयन डिष्टिलरी लिमिटेडको संचालक समिति बैंठकले गत आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट शत प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंठकले साधारण सभा प्रयोजनको लागि पुस १७ गते शुक्रबार एक दिन बुक क्लोज गर्ने निर्णय पनि गरेको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने भएका छन् ।
बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस शेयर र कर सहित ५० प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत मुनाफा वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले ५० प्रतिशत अर्थात २८ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस र कर सहित सोहि बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बोनस वितरण पछि कम्पनीको चुक्त्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
अहिले कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ छ । यस्तै कम्पनीले २० औं वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले पुस २९ गते बुधबार पर्सा, विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारण सभा बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार
आज कोशी र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपात हुने
फागुन ६, २०८१ मंगलबार
प्रतिनिधिसभा बैठक बस्दै, ई–कमर्स विधेयक पेश गरिने
फागुन ६, २०८१ मंगलबार
नगरकोट भ्रमण वर्ष सफल पार्ने उपत्यका मेयर्स फोरमको निर्णय
फागुन ६, २०८१ मंगलबार