किसानको समस्या समाधान गर्न संघीय सरकारसँग मन्त्री साहको आग्रह
नेपालबहस संवाददाता
पुस ३, २०७७ शुक्रबार २३:२२:५
धीरुभाइ
३ पुष, सप्तरी । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले चिनी मिलहरुबाट उखुबापतको भुक्तानी नपाएको भन्दै यस प्रदेशका किसान संघीय राजधानीमा आन्दोलनरत रहनुभएको स्थितिलाई हामीले अत्यन्त गम्भीरता एवं संवेदनशीलतापूर्वक नियालिरहेको बताएं ।
मन्त्री साहले शुक्रबार एक वक्तव्य जारी गर्दै संघीय सरकारको जिम्मेवारी र नियन्त्रित व्यवस्थाभित्र रहँदै आएको बिउबिजन, मलखादको उपलब्धता र बिक्रीवितरण प्रणाली तथा कृषिजन्य उत्पादनको मूल्य निर्धारण तथा भुक्तानीजस्ता आधारभूत कार्य व्यवस्थित, वैज्ञानिक र किसान हितकारी नहुँदा पहिल्यैदेखि लगानीअनुरुपको प्रतिफल प्राप्त नहुने मर्कामा परेका किसानहरुलाई सधैंभरि आफ्नो उत्पादनको रकम प्राप्त गर्न चिसो सिरेटोमा आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरेको छ ।
मन्त्री साहले कृषिक्षेत्रबाट देशमा आर्थिक समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य किसानको आँखामा आँसु र अनुहारमा बोझिलो पीडाबाट सम्भव नहुने निश्चित रहेको भन्दै उखु किसानको सन्तापहरण गर्ने दायित्वप्रति संघीय सरकारको बेवास्ता र उदासीनता दुर्भाग्यपूर्ण तथा चिन्तायोग्य रहेको बताए ।
उखु किसानका भुक्तानी नहुने लगायतका समस्याका बारेमा प्रदेश सरकार निरपेक्ष रहन नसक्ने भन्दै वैधानिक रुपमा ती समस्यालार्ई समाधान गर्ने क्षेत्राधिकार र सामथ्र्य संघ सरकारको रहेपनि हामीले गत वर्षसमेत यस विषयलाई महत्वपूर्ण र अग्रप्राथमिकता भएको ठहर गर्दै उच्चस्तरीय समिति गठन गरी किसानहरुका समस्याबारे स्थलगत अध्ययन अवलोकन गरेको स्मरण गराए ।
उद्योगी (मिल सञ्चालक) र किसानहरुका बीच सार्थक एवं परिणाममुखी वार्ता गराई सदैवका लागि भुक्तानी समस्या सुल्झाउने ठोस तथा दिगो कार्यरुप तयार गर्न पहल गरेको स्मरण गर्दै तर, उद्यागीहरुको अनिच्छा, अर्घेल्याइँ र उपेक्षाका कारण हाम्रो प्रयासले मूर्त रुप लिन नसकेको बताए ।
यद्यपि यस समस्यालाई तत्काल निराकरण गर्न अपेक्षित भूमिका इमान्दारी र निष्ठापूर्वक निर्वाह गर्न प्रदेश सरकार तत्पर रहेको बताए । प्रदेश २ सरकार किसानलाई लाचार र विवश बनाउने कुनै पनि शक्तिको दुस्साहसको सही, सटीक र सबल प्रतिकार गर्ने विश्वास दिलाउन चाहेको भन्दै
किसानको दुःख र कष्ट निपटारा गर्न सम्पूर्ण शक्ति तथा स्रोत उपयोग गरी तत्काल कार्यबाही थाल्न संघीय सरकारसँग आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार