बालुवाटारमा तारेख धाउँदै प्रचण्ड
नेपालबहस संवाददाता
पुस ३, २०७७ शनिबार १:३७:५३
२ पुष, काठमाडौं । मियो बिनाको दाइँ झै देखिएको नेकपामा दुई अध्यक्षबीचको चर्काचर्की झनै बढेको छ । आन्तरिक द्वन्द र चार्काचर्की चलिरहेकै बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज साँझ भेट भएको छ।
बालुवाटारको तारेख नधाउने प्रचण्डको आफ्नै उद्घोषमा समेत उनी टिक्न नसकेपछि शुक्रबार साँझ ओलीलाई भेट्न प्रचण्ड बालुवाटार नै पुगेका थिए । ओलीले आफुनिकटका बाहेकको राजनीतिक करियर नै सिध्याउने खेल खेलेको छनक पाएपछि ओली इतरका नेता कार्यकर्तालाई नेकपाभित्र टिक्न मुस्किल परिरहेको छ । साँझको भेटमा प्रचण्डले प्रधानमन्त्रीलाई संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन फेरि पनि माग गरेको बुझिएको छ । हिजो पनि दुई अध्यक्षबीच भेट भएको थियो।
भेटमा प्रचण्डले अध्यादेश फिर्ता लिन भनेका थिए। तर प्रधानमन्त्री ओलीले भने अझै केही परामर्श गरेरमात्रै फिर्ता लिने जवाफ दिएका थिए। मंगलबार प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । त्यस पछि उत्पन्न परिस्थितिका कारण बुधवार अध्यादेश फिर्ता गर्न तयार भएका थिए । तर हिजो बेलुका मन्त्रीपरिषद् बैंठक बसे पनि अध्यादेशबारे न त कुनै जानकारी भयो न त फिर्ता लिने निर्णय नै भएको थियो।
अध्यादेश रनाटकैबीच आज दिउँसो पार्टी कार्यालय पेरिस डाँडामा प्रदेश १ का प्रचण्ड–नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरूको भेला भएको थियो। भेलालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताए थिए। भेलाले ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्षसमेत निकालेको बताइएको छ।
प्रचण्डले प्रदेश नम्बर १ का नेताहरुलाई प्रधानमन्त्री ओलीकै तालमा आफु पनि लागेको भए पार्टी धेरै महिना पहिले नै विभाजन भइसक्ने बताएका थिए । उनले पार्टी विभाजन हुन नदिएको बताएका थिए । प्रधानमन्त्री ओलीले आफूसँग गरेको प्रतिवद्धतामा एक घण्टा पनि टिक्न नसकेको गुनासो बैठकमा गरेका थिए । बालुवाटारमा भेट हुँदा ओलीले अध्यादेश फिर्ता लिने, पार्टीको सहमति र छलफल अनुसार सबै कामलाई अगाडि बढाउने, यसअघि भएका नियुक्तिहरु फिर्ता लिने जस्ता प्रतिवद्धताहरु जनाएका थिए । तर स्थायी कमिटीको बैठक सकिने वित्तिकै ती सबै प्रतिवद्धतालाई बेवास्ता गरेको कुरा प्रचण्डले उपस्थित नेताहरु समक्ष राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार