तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार १२:१५:५३
वि.सं. २०७७ साल पौष ०४ गते । शनिबार इ.स.२०२० डिसेम्बर १९ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी– पंचमी,१७ बजेर १७ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–धनिष्ठा,२३ बजेर ०७ मिनेट उप्रान्त शतभिषा । योग– हर्षण,१६ बजेर ३७ मिनेट उप्रान्त बज्र । करण–बालव,१७ बजेर १७ मिनेट उप्रान्त कौलव,२९ बजेर २६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–मकर,१० बजेर ४५ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५० मिनेटमा,सूर्यास्त १७ बजेर १० मिनेटमा । दिनमान २५ घडी ४९ पला । विवाह पञ्चमी ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- सुखद समाचारले आजको दीन उत्साह पुर्वक बित्नेछ । सहपाठी तथा प्रतिस्पर्धीहरुलाई उछिन्दै बिषेश अवसरमा सहभागी हुने अवसर जुर्नेछ भने मेहनेतले बौद्धिक क्षेत्र फराकिलो हुनेछ । रोकिएका काम बन्ने तथा नयाँ काम सुचारु गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । व्यापारमा दिगो आर्थिक लाभ हुने योजना शुभारम्भ गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- तारिफ योग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेकोछ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरिको गतिलो योग रहेकोछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुची बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानी हुनेछ । दाम्पत्य सुख,प्रेम सम्वन्ध तथा पारिवारिक सम्वन्ध सुमधुर हुनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाईलेखाईमा प्रतिस्पर्धी हरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ । तरपनि भौतिक सम्पत्ती तथा विलाशी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):-भौतिक स्रोत साधनको प्रयोग मार्फत व्याक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यवसाय फस्टाएर जाने तथा व्यापारकै शिलशिलामा लामो दुरिको मनोरञ्जनात्मक यात्रा हुनेछ । साथीभाई तथा प्रेमीकाको सहयोग पाईनाले मन प्रशन्न रहनेछ । पढाईलेखाईमा उत्कृष्ट नतिजाको साथ अग्र स्थानमा तपाई को नाम आउनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- प्रतिस्पर्धी तथा सहपाठीहरुलाई किनारा लगाउदै पढाईलेखाईमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्वन्धी समस्या झेल्नेहरुले मुक्ति पाउने समय रहेकोछ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखि रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाईनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिने छ । सेवामुलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्र्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :-समय राम्रो रहेकोले कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानी बढाउन सकिनेछ । घर जग्गाको काराेबार गर्नेहरुले राम्रै आम्दानी गर्न सक्नेछन् । पढाइ लेखाइमा राम्रो नतिजाका साथ अग्र स्थानमा तपाईँको नाम आउनेछ । आमा तथा अग्रजहरुको साथ सहयोगले राम्रा तथा उत्पादन मुलक कामहरु गर्न सकिनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईलेखाईमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमि क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिने छ । प्रेमिल जोडी हरुका लागी समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- विशेष अवसरमा आकर्षक उपाहार प्राप्त हुनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ लगानिको अवसर आउनेछ । ईमान्दारिता र मेहनेतले आत्म विश्वासमा बृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउदा मन हर्सित हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन आम्दानी बढाउन सकिनेछ । ईच्छा,आकांक्षा तथा मनोकामना पुरा हुनेछ भने माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । लामो दुरिको विदेश यात्रा हुने तथा विदेशी सामानको व्यापार फस्टाएर जानेछ । तपाई दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार