ओली प्रचण्डलाई भेट्न खुमलटार, सुरक्षा व्यवस्था कडा
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार १६:२७:५९
४ पुष, काठमाडौं । नेकपा पार्टीभित्र आन्तरिक संघर्ष चर्किएको बेला प्रधानमन्त्री केपी ओली नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न आज खुमलटार जाँदैछन् ।प्रधानमन्त्री ओली स्थायी कमिटी सदस्य सुवास नेम्वाङसहित प्रचण्डलाई भेट्न खुमलटार जान लागेका हुन् ।
उनी खुमलटार जाने भएपछि सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । ओली प्रचण्डलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । कतिपयले यसलाई ओली लचक बनेको रुपमा अर्थ्याएका छन् । हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो।
बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई ‘म मात्रै आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नी’ भनेपछि ओली खुमलटार जान लागेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन् । यद्यपि पार्टीभित्र अल्पमतमा परेका उनीमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।
पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएका छन् ।
यो भेटवार्ता ले ओली–प्रचण्डबीच बढेको दूरीलाई घटाउने विश्वास लिइएको छ । प्रधानमन्त्री ओली पुग्नु अगावै पार्टी महासचिव विष्णु पौडेल भने खुमलटार पुगिसकेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार