चिनियाँ राष्ट्रपति चिनिफिङद्धारा फ्रान्सेली राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
नेपालबहस संवाददाता
पुस ४, २०७७ शनिबार २१:३१:२५
४ पुष , पेरिस । चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको समाचारमा जनाइएको छ । फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई हालैमात्र कोरोना भाइरस पोजेटिभ देखिएको समाचारमा आएको थियो । बिहीबार मात्र म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ । हाल उनी आइसोलेसनमा बसेका उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
चिनियाँ राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई एक सन्देश पठाएर शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन । राष्ट्रपति सि चिनफिङले सान्त्वना दिँदै फ्रान्सेली राष्ट्रपतिलाई शुक्रबार नै सो सन्देश पठाएको बताए । उनलाई बिहीबार पीसीआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्नुहुने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले बिहीबार जानकारी गराएको थियो । सोही बमोजिम उनी हाल आइसोलेसनमा छन् ।
राष्ट्रपति सि चिनफिङले फ्रान्सेली राष्ट्रपति कोरोना भाइरस पोजेटिभ देखिएको भन्ने समाचारले आफूलाई र चिनियाँ नागरिकलाई नराम्रो लागेको भन्दै चाँडै नै स्वास्थ्यलाभ गर्न कामना गरेको सो सन्देशमा जनाइएको छ । साथै राष्ट्रपति चिनफिङले फ्रान्सेली राष्ट्रपति म्याक्रोँ र सबै फ्रान्सेली जनतालाई अहिले त्यहाँ बढ्दो मात्रामा देखिएको महामारीका विरुद्धमाा लड्न सक्ने शक्ति प्राप्त होस् भनेर पनि कामना गरेका छन् । राष्ट्रपति म्याक्रोँ आगामी मंगलबार र बुधबार लेबनान जाने कार्यक्रम रहेकोमा अब उनी कोरोना पोजेटिभ देखिएपछि सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ । तर फ्रान्सका प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको छ ।
यसैबीच राष्ट्रपति म्याक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उहाँको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बसेका बताइएको छ । फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहेकोले उनीलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ । यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार
३१ हजार मतदाता रहेको कीर्तिपुर नगरपालिकामा १२ बजेभित्र ११ हजार मत खस्यो
मंसिर १६, २०८१ आइतबार
मध्यान्ह १२ बजेसम्ममा ३८ प्रतिशत मत खस्योः आयोग
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
विश्व एड्स दिवसमा चेतनामूलक पदयात्रा
मंसिर १६, २०८१ आइतबार