कांग्रेस र जसपाका शीर्ष नेताहरूले प्रतिपक्षको धर्म निर्वाह गर्ने
नेपालबहस संवाददाता
पुस ४, २०७७ आइतबार ०:२३:१३
४ पुष, काठमाडाैं । कांग्रेस र जनता समाजवादी पार्टी ‘जसपा’ का शीर्ष नेताहरूले मिलेर प्रतिपक्षको धर्म निर्वाह गर्ने सहमति गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा जसपाका शीर्ष नेताहरूलाई बोलाएर शनिबार अपरान्ह करिब तीन घन्टा छलफल गरेका छन् ।
छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, नेताहरू बाबुराम भट्टराई र राजेन्द्र महतो बूढानीलकण्ठ पुगेका थिए । कांग्रेसका तर्फबाट देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।
भेटमा वर्तमान सरकारका क्रियाकलाप, कोरोना नियन्त्रण र न्यूनीकरणमा सरकारको असफलता, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र संसद्को हिउँदे अधिवेशनलगायत विषयमा छलफल भएको थियो । भेटमा कांग्रेस र जसपाले एक ढिक्का भएर आउने अधिवेशनमा सरकारका गलत क्रियाकलापका विरुद्ध प्रतिरक्षा गर्ने निर्णय भएको देउवाका स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।
कांग्रेसको शुक्रबार बसेको संसदीय दल कार्यसमितिको बैठकले संसदको हिउँदे अधिवेशन र अध्यादेशलगायत विषयमा संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग समेत छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो । सोही आधारमा शनिबार देउवाको निमन्त्रणामा जसपा नेताहरू बूढानीलकण्ठ पुगेका हुन् ।
शुक्रबार साँझ भने देउवाले संसद्मा कांग्रेसको २५ प्रतिशत संख्या नपुगेको र अन्य दलसँगको सहकार्यको प्रयास असफल भएका कारण संसद्को विशेष अधिवेशनको माग गर्न नसकिएको ट्विट् गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णय
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक विदा
मंसिर ३, २०८१ सोमबार
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मंसिर ३, २०८१ सोमबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार