पुस १७ गते राप्रपाले शक्ति प्रदर्शन गर्ने
नेपालबहस संवाददाता
पुस ४, २०७७ आइतबार ३:४५:४
४ पुष, काठमाडौं । देशमा बढ्दै गएको अनियमितता, अराजकता, भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको राप्रपाले ठहर गरेको छ । परिवर्तनको मार्गचित्र नै गलत भएकोले त्यसलाई सच्याएर हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्र र संघियताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना गर्न आन्दोलन अपरिहार्य रहेको राप्रपाले निष्कर्ष निकालेको हो ।
आज काठमाडौंमा आयोजित उपत्यकास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापाले पार्टीले लिएका एजेण्डा हिन्दुराष्ट्र र राजसंस्था सहितको लोकतन्त्र पुनःस्थापना गर्न र सबै सहज रुपमा अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताए। राप्रपाले अंगिकार गरेका एजेण्डाहरुलाई सुन्न समेत नचाहने तप्कामा समेत पार्टीका एजेण्डाहरुको विषयमा बहस सुरु हुनु सुखद रहेको बताउँदै एजेण्डा स्थापनार्थ देशभर आन्दोलनको लागि तयार रहन सबै नेता कार्यकर्ताहरुलाई उहाँले आग्रह गरे ।
सम्बोधनकै क्रममा अर्का अध्यक्ष पशुपति शंसेर जबराले राप्रपाले अंगिकार गरेको नीति र सिद्धान्तप्रति जनचासो द्रुत गतिमा बढिरहेकोले आन्दोलनको आँधीबेहेरीमार्फत राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना पश्चात मात्र देश संकटमुक्त भएर विकासतर्फ अग्रसर हुने ठोकुवा गरे । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना नगरी पार्टीले विश्राम नलिने उद्घोष गर्दै संगठन विस्तारसँगै आन्दोलनमा होमिन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
भ्रष्टाचार, बेरोजगारी समस्या, नियमित रुपमा बढ्दै गएको धर्म परिवर्तनको विरोध तथा सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रको पुनःस्थापनाको माग राखी आन्दोलनको शंखघोष गरेको राप्रपाले आगामी पौष १७ गते काठमाडौंमा वृहद् शक्ति प्रदर्शन गर्ने भएको छ । आन्दोलन परिचालनको लागि पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेर राप्रपा सडक संघर्षमा उत्रिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार