प्रधामन्त्रीको असंवैधानिक कदमपछि शेयरबजारमा गयो पहिरो
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १८:२७:३३
५ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघठनको सिफारिस गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा भारी अंकले गिरावट आएको छ । साताको पहिलो दिन आइतबार प्रि–ओपनिङ्गमै शेयरबजार परिसूचक मापक नेप्से १४.०५ अंकले बढेर २ हजार ४६.५७ बिन्दुमा पुगेको थियो । तर, प्रधानमन्त्रीले संसद विघठनको सिफारिस गरेको समाचार बाहिरिएसँगै बजारमा उच्च अंकको गिरावट आएको हाे ।
आज बजार खुलेको १५ मिनेटमा नै ५८ अंकले घटेको थियो । प्रधानमन्त्रीले आज आकस्मिक बैठक आह्वान गरी संसद विघटन गर्ने सिफारिससँगै देशको पूँजीबजारमा सिधै असर देखिएको छ । पहिलो १५ मिनेटमा नै घट्दो बजारमा ६५ करोडको कारोबार भएको थियो ।
शतप्रतिशन लाभांश घोषणपछि आज नै हिमालयन डिष्टिलरीको कारोबार खुलेको थियो । आजबाटै शेयर कारोबार खुलेको युनाइटेड इदीमदी र हिमालय डिस्टिलरीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन इनजी नेपालको शेयरमूल्यमा ऋणात्मक सर्किट लागेको छ ।
पछिल्लो समय बढेको बजारमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम समीक्षा मार्फत व्यक्तिगत र शेयर कर्जाको पुनरावलोकन गर्ने जनाएपछि केही घटेको थियो । फेरि गएको शुक्रबार अर्थ मन्त्रीले शेयर कारोबारमा लाग्ने ब्रोकर कमिशन घटाउन निर्देशन दिएसँगै शेयर बजारमा वृद्धि हुने अपेक्षा लिएता पनि प्रधानमन्त्रीको आजको कदमले बजारमा लगानीकर्ताको मोनबल गिराएको देखिएको छ ।
कारोबार खुलेको डेढ घण्टामा घट्दो बजारमा कुल ४५ लाख ८६ हजार ८९ कित्ता शेयर कुल तीन अर्ब १८ करोड ८७ लाख ६८ हजार आठ सय ८३ रुपैयाँमा कारोबार भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
फुङफुङे झरनामा रमाउँदै पर्यटक
मंसिर १०, २०८१ सोमबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
मंसिर १०, २०८१ सोमबार
मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिगको ट्रफी अनावरण
मंसिर १०, २०८१ सोमबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
मंसिर १०, २०८१ सोमबार