ओलीको सिफारिश रोक्न शीतलनिवास जाने पक्षमा प्रचण्ड
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १८:४५:४७
५ पुष, काठमाडौं । झण्डै दुुईतिहाई बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टी भित्रको घर झगडाले अन्ततः संवैधानिक संकट खडा गरिदिएको छ ।प्रधानमन्त्री केपी ओलीले हठात् संसद विघटनको सिफारिश राष्ट्रपति समक्ष गरेपछि देशको राजनीतिले नयाँ दिशा लिएको हो । अब के होला त ? धेरैको यस्तै जिज्ञासा छ ।
ओली निकट स्रोतले राष्ट्रपतिसँग सरसल्लाह भएर नै विघटनको सिफारिश भएको दाबी गरेको छ । उता, अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षले भने राष्ट्रपतिबाट ओलीको असंवैधानिक कदम सच्चिने झिनो आशा प्रकट गरेको छ ।
घटनाक्रम हेर्दा अब ओलीले संविधानकै धज्जी उडाउने गरी संसद विघटन गरेकाले लोकतन्त्र नै धरापमा परेको विज्ञहरुको दावी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गलत सिफारिश नरोक्ने हो भने देश गम्भिर दुर्घटनामा पर्ने विज्ञहरुको ठहर छ ।
तर कतिपय संविधानविद्वहरु भने राजनीतिक रुपमा भएका गलत प्रक्रिया सर्वाेच्च अदालतबाट सच्चिने सम्भावना रहेको बताउँछन् । राष्ट्रपतिले संविधान र मूल्यमान्यता कुल्चेको अवस्थामा जनताले सर्वाेच्च अदालतबाट गलत काम सच्चिने अपेक्षा गरेको उनीहरुको ठहर छ ।
चोलेन्द्रशमशेर राणा प्रधानन्यायधीश भएयता ओलीसँगको हिमचिम बढेका आधारमा कतिपयले भने यस्तो संभावना नरहेको औंल्याएका छन् । ओलीले प्रधानन्यायधीशसँग सल्लाह गरेर नै यस्तो जोखिम मोलेको हुन सक्ने उनीहरुको अनुमान छ ।
हिजो दिनभरि ओलीको सक्रियताले अब कुनै मुभ हुनसक्ने अनुमान लगाइएको भएपनि अहिल्यै संसद विघटनको जोखिम मोल्ने अवस्था नरहेको धेरैको अनुमान थियो । तर हिजो ओलीले प्रचण्डलगायत नेताहरुको नाडी छामेर अन्नतः आफूसँग नमिल्ने भए कसैलाई पनि खान दिन्न भन्ने सन्देश दिइछाडे ।
ओलीको यस्तो कदमपछि सत्तारुढ नेकपाभित्रको असन्तुष्ट पक्ष अब के गर्ने भन्ने विषयमा छलफल गरिरहेको छ । अहिले प्रचण्ड निवासमा नेता माधव नेपाललगायत भेला भएका छन् ।
ओलीले गरेको सिफारिश रोक्न शीतलनिवास नै जानेसम्मको तयारी भइरहेको बुुझिएको छ । तर नेता नेपाल भने कसाईका अगाडि खसीले बिन्ती विसाउनुको अर्थ नभएको भन्दै तत्कालै स्थायी कमिटीबाट निर्णय गराई ओलीलाई कारबाही गर्नुको विकल्प नरहेको तर्क गरेका छन् ।
ओलीले संसद विघटन गरेपछि सबैतिरबाट चर्काे आलोचना भइरहेको छ । नेपाली कांग्रेस, समाजवादी जनता दल लगायत संसद बाहिरका राजनीतिक दलहरुले समेत ओलीको गैरसंवैधानिक सिफारिश कार्यान्वयन गर्न नहुने पक्षमा देखिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार