सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चार स्थानीय तहलाई राहत

नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १९:३:१७

५ पुष, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा सिन्धुपाल्चोकका बाढीपहिरो प्रभावित चार स्थानीय तहलाई राहत सामग्री हस्तान्तरण गरिएको छ ।
चीन सरकार, तिब्बत स्वशासित क्षेत्र अन्तरगतको नेलम काउन्टीले प्रदान गरेको राहत सामग्री उनले शुक्रबार लार्चास्थित सुख्खा बन्दरगाहामा आयोजित कार्यक्रममा भोटेकोशी, जुगल, बाह्रविसे र चौतारा स्थानीयतहका प्रमुख तथा प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन ।सो अवसरमा सभामुख सापकोटाले प्राप्त सबै सामग्रीको सही तरिकाले वितरण गर्न स्थानीय तहलाई आग्रह गरे । सामग्रीमा २४० सुतिको पाल, तीन -तीन सय ब्ल्याङ्केट उच्च क्षमताका टर्च लाइट रहेका छन् । यस वर्षको बाढी पहिरोका कारण स्थानीय तहले व्यहोरेको क्षतिलाई आधार मानेर सामग्री हस्तान्तरण गरिएका हुन् ।
बाढी पहिरोबाट सबैभन्दा धेरै क्षति भएको बाह्रविसे नगरपालिकालाई ८० पाल, ९५ ब्ल्याङ्केट, ९५ टर्च लाइट, जुगल गाउँपालिकालाई ७० पाल, ८० ब्ल्याङ्केट र ८० टर्च लाइट, भोटेकोशी गाउँपालिकालाई ५५ पाल, ७० ब्ल्याङ्केट र ७० टर्च लाइट ,चौतारा साँगाचोकगढी नगरपालिकालाई ३५ पाल, ५५ ब्ल्याङ्केट र ५५ थान टर्च लाइट शुक्रबार प्रदान गरिएको छ । नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले विपद् संकटग्रस्त घोषणापछिका कार्यक्रम लागू गर्न माग गरे । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जिल्लामा जोखिमयुक्त बस्तीको सङ्ख्या ३५० भन्दा धेरै रहेको अध्ययनले देखाएको बताए ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख आमानसिं तामाङले सभामुखले जिल्लाका विपदग्रस्त क्षेत्रका लागि आमाको जस्तै भूमिका निर्वाह गरेको अनुभूति भएको सुनाए भने भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले राहत सामग्रीको पहल र हस्तान्तरणका लागि सभामुखप्रति आभार प्रकट गरे । यस वर्षको वर्षात्मा जिल्लाको क्षेत्र नं १ मा पर्ने बाह्रविसे नगरपालिकाको जम्बु र खागदलमा, भोटेकोशी गाउँपालिकाको फुल्पिङ्गलगायतका विभिन्न स्थान, जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिराका कारण ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।
यसपछि सभामुख सापकोटाले सहयोगका लागि आह्वान गरेका थिए । सोही आह्वानपछि चीन सरकारको नेलम काउन्टीले राहत सामग्री उपलब्ध गराएको हो ।
सबै सामग्रीको स्थानीय तहको आग्रहमा भन्सार विभागले कर तथा महसुल छुट गरेको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिए । उनका अनुसार चीनले आठ लाख ५८ हजार युआन बराबरको राहत सामग्री प्रदान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका
फागुन १३, २०८१ मंगलबार
पूर्व राजा ज्ञानेन्द्र शाह स्याङ्जामा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी
फागुन १२, २०८१ सोमबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
युक्रेनसँग एक ट्रिलियन डलर बराबरको दुर्लभ खनिज सम्झौता गर्ने राष्ट्रपति ट्रम्पको संकेत
फागुन १४, २०८१ बुधबार
अशोक शर्माको फिल्म 'डबल ट्रिपल' अर्को इतिहास रच्ने गरी आउने तयारीमा
फागुन १४, २०८१ बुधबार
विक्की कौशलको पाँच सय करोड कमाउने पहिलो फिल्म बन्यो 'छावा'
फागुन १४, २०८१ बुधबार
चलचित्र ‘हर्ष’को शुभ मुहूर्त, आँचलको ठाउँमा वर्षा राउत
फागुन १४, २०८१ बुधबार