आजै स्थायी कमिटीको बैठक बसेर ओलीलाई पार्टीबाट निकाल्ने खुमलटार भेलाको निर्णय
नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार १९:१६:३३
५ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्न गरेको निर्णय राष्ट्रपतिसमक्ष आफैं गएर पेश गरेका छन् । बिहान करिब ११ बजे ओली शीतलनिवास गएका थिए । सिफारिश बुझाएर ओली अहिले आफ्नो सरकारी निवास बालुवाटार फर्केका छन् ।
अब आइपर्ने राजनीतिक चुनौतीसँग कसरी सामना गर्ने भनेर ओलीले निकट नेताहरुसँग छलफल गर्न थालेका छन् । उता, अर्का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डलगायत वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ पनि खुमलटारमा भेला भएर रणनीति बनाउँदै छन् ।
उनीहरुले पहिले एकपटक ओलीलाई बिघटनको सिफारिस फिर्ता लिन दवाव दिने नमानेमा आजै स्थायी कमिटीको बैठक धुम्बाराहीमा डाकेर अनुशासनको कारवाही गर्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री ओलीले पार्टी निर्णय विपरित असंवैधानिक र प्रतिगामी कदम चालेको निष्कर्ष निकाल्दै प्रचण्ड नेपाल समुहले ओलीलाई पार्टी अनुशासन तोडेको भन्दै साधारण सदस्यता समेत नरहने गरि पार्टीबाट निकाल्ने तयारी गरेका छन् ।
राजनीतिक वृत्तमा विकसित पछिल्लो घटनाक्रमले आज १ बजेका लागि तय गरिएको स्थायी कमिटी बैठक प्रभावित भएको छ । ओलीले बैठकमा आफू नआउने भन्दै बालुवाटारमा गर्नसमेत नदिने संकेत गरेका छन् । त्यसैले स्थायी कमिटी बैठक नै अवरुद्ध हुने देखिएको छ ।
अर्कातिर नेकपासम्वद्ध सांसद्हरु भने ओलीको संसद विघटनसम्बन्धी सिफारिशपछि बिखलबन्दमा परेका छन् । नेताहरुसँग सम्पर्क गर्न नसकेकाहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भेला भएका छन् । अब के गर्ने हो भनेर उनीहरु नेताहरुको आदेशको पर्खाइमा छन् ।
आज बिहान विघटन गर्न भनी ओलीले बोलाएको मन्त्रिपरिषद बैठकमा सहभागी मन्त्रीहरुले यसबारे गाइँगुई गरेका हुुन् । तर विघटनकै सिफारिश भने नहोला भन्ने उनीहरुले ठानेका थिए । ओलीले अहिलेको अवस्थामा आफू विघटन गर्न वाध्य भएको जिकीर गरेपछि तीन जना मन्त्रीले प्रतिवाद गरेका थिए ।
उर्जा मन्त्री वर्षामान पुन, कृषि मन्त्री घनश्याम भूषाल र पर्यटन मन्त्री योगेश भट्टराईले प्रधानमन्त्रीको सिफारिस गलत भएको भन्दै थिए । तर ओलीले उनीहरुको कुरा सुनेपछि कुनै जवाफ नदिई बैठकबाट बाहिरिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार