ग्लोबल आइएमई बैंक र प.नि.का बीच सम्झौता नविकरण

नेपालबहस संवाददाता
पुस ५, २०७७ आइतबार २०:४६:३७

५ पुष, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ । उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्पmबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पत्र अनुरुप त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा दैनिक रुपमा संकलन हुने शुल्क तथा धरौटी वापतको रकम संकलन गर्ने व्यवस्थाका साथै त्रि.वि.अन्र्तगतका क्याम्पसहरुले बैंकका सम्पुर्ण शाखा कार्यालयबाट शुल्क÷रकम जम्मा गर्न मिल्नेछ । त्रि.वि.का विद्मार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खु स्थित काउन्टर लगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रि.वि.को आम्दानी खातामा जम्मा गर्न मिल्नेछ । यसका साथै उक्त काउण्टरबाट प.नि.का.मा कार्यरत कर्मचारीहरुको बचत खाता खोल्ने, चेक सटही सुविधा प्रदान गर्ने, नगद एवं चेक जम्मा लिने÷दिने लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध हुनेछ ।
विभिन्न सरकारी कार्यालयहरुको आर्थिक कारोबार बैंक मार्फत गर्ने गराउने सरकारको नीति अनुरुप ग्लोबल आइएमई बैंक लि.ले देशभरका विभिन्न सरकारी कार्यालय, उद्योग, विभाग, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, मालपोत कार्यालय लगायतका ३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३९ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३९ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य ९ग्प्०, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
फागुन १३, २०८१ मंगलबार
सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
बङ्गलादेशमा नेपाली सेना दिवस तथा साहित्यिक महोत्सव
फागुन १४, २०८१ बुधबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार