देश अस्थिरता र अराजकताको भुमरीमा फस्यो : राप्रपा
नेपालबहस संवाददाता
पुस ५, २०७७ सोमबार २:३:४९
५ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर ज.ब.रा.को अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक बसेको छ । बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि विभिन्न निर्णयहरु गरेको छ । बैठकमा अध्यक्षद्वय डा.प्रकाशचन्द्र लोहनी र कमल थापा समेतको उपस्थिति रहेको थियो ।
बैठकले प्रतिनिधि सभा विघटन गर्ने नेकपा नेतृत्वको सरकारको निर्णय संविधान र प्रजातान्त्रिक मूल्य मान्यता विपरित रहेको ठहर गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा संसद विघटन हुने व्यवस्था संविधानले नगरेको उल्लेख गरिएको छ । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवाद र विग्रहको कारण देश अस्थिरता र अराजकताको भुमरीमा फसेको राप्रपाले बताएको छ ।
विज्ञप्ति जारी गर्दै राप्रपाले प्रजातान्त्रिक मूल्य मान्यतालाई गंभीर क्षति पु¥याएको, राप्रपा उक्त असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामि निर्णयको विरोध र भत्सर्ना गरेको छ । मन्त्रिपरिषदको दुरासयपूर्ण र स्वेच्छाचारी निर्णयको पक्षमा उभिएर राष्ट्रपतिले राष्ट्रप्रमुखको तटस्थ भूमिकालाई फेरि एकपटक विवादास्पद तुल्याएको उल्लेख गरेको छ । प्रतिनिधिसभा विघटनको पछिल्लो घटनाक्रमले २०६२/६३ पछि अवलम्बन गरिएको अवधारणा र मार्गचित्र गलत छ भन्ने तथ्यलाई थप पुष्टि गरेको जनाएको छ । परिवर्तित सन्दर्भलाई विगतको त्रुटि कमिकमजोरी सच्याउने र राष्ट्रिय मेलमिलापको नीति अनुरुप सबै नेपाली अटाउने राजनीतिक संरचना र शासकीय स्वरुप निर्माणको अवसरका रूपमा प्रयोग गर्न सम्वद्ध सबै पक्षलाई राप्रपा आव्हान गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार