तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १२:६:२१
वि.सं. २०७७ साल पौष ०६ गते । सोमबार इ.स.२०२० डिसेम्बर २१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी–सप्तमी,१८ बजेर ४० मिनेट उप्रान्त अष्टमी । नक्षत्र–पूर्वाभाद्रपदा,२५ बजेर ४९ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– सिद्धि,१५ बजेर १४ मिनेट उप्रान्त व्यातिपात । करण–वणिज,१८ बजेर ४० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–कुम्भ,१९ बजेर २२ मिनेट उप्रान्त मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५१ मिनेटमा,सूर्यास्त १७ बजेर ११ मिनेटमा । दिनमान २५ घडी ४९ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- समय मध्यम रहेकोले व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनुनै राम्रो हुनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसके जस्तो हुनेछ । सत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ती मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । मायाप्रेममा मनमुटाव बढ्न सक्छ । सवारीसाधन तथा अन्य भौतिक सम्पतिहरु प्रयोग गर्दा ध्यान दिनुहोला । पढाईलेखाई तपाईकै आफ्नै कमजोरिले बिग्रनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- सामाजिक तथा राजनितिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्ने छ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- समयले साथ दिने हुदा सानो प्रयत्नले राम्रा तथा परिणाममूखि काम गर्न सकिने छ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने सस्कार परिवर्तनमा तपाईको भूमिका महत्वपूर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- आफन्तको सहयोगले राम्रा काम गर्न सकिने छ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरु बन्नेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने पतिपत्नीबीच मायाको डोरो अझ कसिलो भएर जानेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न रमाईला स्थलहरुको भ्रमण गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतीहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धीत क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरिको प्रगती देख्न पाईनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कने छ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- भौतिक सम्पती तथा बिलाशि वस्तुको व्यापार बृद्धि हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यवासाय फस्टाएर जानेछ । आमा तथा आफन्तसँग यात्रा गर्न सकिनेछ । पढाईलेखाईमा मन जाने तथा खोजमुलक क्षेत्रको कामहरुबाट सकारात्मक नतिजा हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिने छ भने प्रतिश्पर्धिहरु परास्त हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकी हरुसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिने छ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाईमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- चलचित्र तथा मनोरञ्जन क्षेत्रमा समय बित्नेछ । गित संगित तथा मोडलिङमा बिशेष चासो बढ्नेछ । पढाईलेखाइमा मन जाने हुनाले सफलता हात लाग्नेछ । व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिने छ, भने आर्थिक क्षेत्र मजभुत रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले पद प्राप्तीको योग बन्नेछ । प्रणय सम्बन्धमा सुधार भएर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):- काममा सफलता पाउन मेहनत गर्नुपर्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । आकस्मिक यात्राको योग रहेको छ । दाम्पत्य जीबनमा सामान्य खटपट हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काम गर्ने अवसर मिल्नेछ । बैदेशिक यात्रामा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सन्तोषजनक प्रगति हुनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार