नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १२:५८:२
![](https://nepalbahas.prixacdn.net/media/albums/IMG_5696_znHFIwgduO.jpg)
६ पुष, काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे ।
‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको छ । मेरो लागि त्यो भन्दा खुसीको कुरो अरु के हुन सक्छ र’ मन्त्री श्रेष्ठले भने ‘तपाईहरु के कति सक्नुहुन्छ गर्दै गर्नुस् । पुरा गर्ने जिम्बा मेरो भयो ।’ मन्त्री श्रेष्ठले कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको काममा सघाउनु सबैको दायित्व रहेको भनाई समेत राखेका थिए ।
कलाकार संघको ३३ वर्षको इतिहासमा आज हामी चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्त्वपूर्ण शुभ दिन बन्न पुगेको छ । पूर्व अध्यक्षहरु, कार्यसमितिका मित्रहरु लगायतको प्रयास र विशेष महत्त्वपूर्ण योगदान तथा भवन निर्माण कोष खडा गर्ने अध्यक्ष रामकेशर बोगटी लगायत कोष सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु, संघका अध्यक्ष खड्काले भनेका छन्— ‘उक्त रकमबाट दुई दिन अगाडि मात्रै जग्गा खरिद गरि भवन शिलान्यास गरिएको हो ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सबैको सहयोगबाट संघको भवन शिलान्यास हुन सफल भएको बताए । उनले आगामी दिनमा पनि सबै पक्षको सहयोगको अपेक्षा रहेको भनाई राखेका थिए ।
चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मदु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, चलचित्रकर्मी महासंघका अध्यक्ष खगेन्द्र राई, चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानलगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लाज शरणम्’ले फेरि नेपाली चलचित्रको बजार तताउने विश्वास
फागुन ६, २०८१ मंगलबार
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा नेपालका ३० चलचित्र
फागुन ५, २०८१ सोमबार
चलचित्र ‘एक्लो’ को क्यारेक्टर पोस्टर
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार