कोरोनाको जोखिम कायमै, झुलाघाट नाकामा आवतजावतमा खुकुलो
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १३:२२:५९
६ पुष, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा केही खुकुलो बनाइएको छ । यसअघि सरकारले मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय नाका बन्द गर्ने निर्णय गरेकोमा फेरि बन्द गर्ने कि नगर्ने भन्ने निर्णय नगर्दा नाकामा आवतजावतमा खुकुलो बनाइएको हो ।
आकस्मिक कामका लागि सहजै आवतजावत गर्न दिइएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । “जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढस्थित उपजिल्ला अधिकारीको कार्यालयबीचको सहमतिमा आवतजावतमा खुकुलो बनाइएको छ”, उनले भने, “आकस्मिक काम परेका व्यक्ति, बिरामी, भारतीय कर्मचारी, भारतीय सेनाका जागीरेलाई आवतजावत गर्न दिइएको छ । भारतमा मजदुरीका लागि जानेका लागि भने अहिलेलाई भारतको तर्फबाट अनुमति दिइएको छैन ।”
नेपालको तर्फबाट मजदुर पनि जान दिइएको भए पनि भारतले मजदुरीका लागि जाने नेपाली कामदारलाई जान नदिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । उत्तराखण्ड प्रदेशमा अझै कोरोनाको जोखिम कायम रहेकाले भारत सरकारले उक्त प्रदेशका नाकामा कडाइ गरेको जनाइएको छ ।
मजदुरीका लागि भारत जानेलाई हाललाई सुदूरपश्चिमको गड्डाचौकी र त्रिनगर नाकाबाट जान दिइएको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेको भन्दै गत चैतदेखि नेपालले अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
जनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए
पुष ५, २०८१ शुक्रबार
‘घुम्न जाऊँ बर्दिया’ अभियान सुरु
पुष ५, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार