एक महिनामै सवारी चालक कारबाहीबाट तीन लाख राजस्व सङ्कलन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_DWPWCQ57jC.jpeg
)
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १५:४४:३५
![](https://nepalbahas.prixacdn.net/media/albums/traffic-police-checking_gSi1YWUGvE.jpg)
६ पुष, ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले चालु आर्थिक वर्षको छ महिनामा रु तीन लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । मंसिर महिनामा मात्रै रु एक लाख सात हजार ५०० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजस्व सङ्कलन भएको यो पहिलोपटक हो ।
पछिल्लो छ महिनामा ४८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा रु तीन लाख आठ हजार ५०० राजस्व जम्मा भएको हो । उक्त अवधिमा १२ ट्रक, ५० ट्र्याक्टर, ३०३ मोटरसाइकल र १४ अटोका चालक कारबाहीमा परेका छन् । बिना लाइसेन्स सवारी साधन चलाएको, कागजपत्र नभएको, ट्राफिक नियम पालना नगरेकोलगायतका कारण ती सवारी साधनका चालक कारबाहीमा परेका हुन् । अघिल्लो आवमा रु छ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको थियो । अघिल्लो आवको तुलनामा यो वर्ष बढी राजस्व सङ्कलन हुने अनुमान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुमान छ ।
यस्तै पछिल्लो छ महिनाको अवधिमा सात वटा दुर्घटना भएका छन् । ट्र्याक्टर तीन, जीप तीन र एउटा ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई पुरुषको ज्यान गएको सात जना घाइते भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट राजश्व संकलनमा सुधार
फागुन ३, २०८१ शनिबार
यातायात कार्यालय जुम्लाद्वारा छ महिनामा ६७ लाख राजस्व सङ्कलन
माघ २०, २०८१ आइतबार
भारत र चीनका लगानीकर्ताले चलाएका १० कम्पनीको २० करोड कर उठाउन राजश्वमा पत्राचार
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार