पुल्चोकमा गृहमन्त्री बादलको छुट्टै भेला
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १७:२२:५८
६ पुष, काठमाडौं । सत्तारुढ नेकपाका प्रभावशाली नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले पुल्चोकमा छुट्टै भेलाको आयोजना गरेका छन् । आइतबार संसद विघटन भएपनि राजीनामा नदिएका बादलले पुल्चोकमा छ्ट्टै भेला गरेर आफ्नो गुट कायमै रहेको सन्देश दिएका हुन् ।
प्रचण्डको भनाई अनुसार उनी पूर्व माओवादी बनेका छैनन् भने ओलीतिर ढल्किएपनि पूर्ण रुपमा माओवादी गुट छाडिसकेका छैनन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिए पनि बादलले केपी शर्मा ओली काे क्याबिनेट छोडेका थिएनन् । उनले राजीनामा नदिएपछि बादल प्रधानमन्त्री ओलीको पक्षमा उभिएको विश्लेषण गरिएको थियो ।
सोमबार बिहान प्रधानमन्त्री ओलीले विघटित प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफू पक्षीय सांसदहरूलाई बालुवाटारमा बोलाएका थिए । राष्ट्रियसभा सदस्य रहेका बादल उक्त भेलामा नगएका हुन् ।
तत्कालीन माओवादीबाट छुट्टिएर मोहन वैद्यसँग जाँदाको समूह अहिले पनि बादलसँग छ । बादलसहित पम्फा भुषाल र देव गुरुङ सो समूहका प्रभावशाली नेताहरु हुन् । बादलको समूहमा अरु सांसद पनि छन् भने केही युवा नेताहरु पनि छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार