गृहमन्त्रीबाट राजीनामा दिन बादललाई प्रचण्डको आग्रह
नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार १९:५५:४३
६ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
सोमबार अपरान्ह मन्त्री क्वार्टर पुल्चोक पुगेर प्रचण्डले पदबाट राजीनामा दिएर आफूलाई साथ दिन आग्रह गरेका हुन् । प्रचण्डले नेकपा विभाजनको संघारमा पुगेकाले आफूलाई साथ दिन आग्रह गरेका हुन् ।
पूर्वमाओवादीबाट समानुपातिक सांसद बनेका बादलले आइतबार मन्त्रीबाट राजीनामा नदिएपछि उनी प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिएको ठानिएको थियो। बादल सोमबार प्रधानमन्त्रीले बोलाएको उनीनिकट सांसदहरूको भेलामा गएका थिएनन्। बरू उनले पुल्चोकमा आफ्नो पूर्वसमूहका नेताहरूसँग छलफल गरेका थिए।
उक्त छलफलमा बादलले आज साँझसम्म विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएका छन्। थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे आफ्ना धारणा सार्वजनिक गर्ने बताएको नेकपा केन्द्रीय सदस्य दीलिप प्रजापतिले बताए।
अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले बादलले दिउँसोसम्म छलफल गरेर आफू एउटा निष्कर्षमा पुग्ने भनेको बताए। पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट देखिएका थापाले आइतबार प्रचण्ड माधवकुमार नेपाल पक्षीय मन्त्रीसँगै राजीनामा नदिएपछि उनले कित्ता क्लियर गरेको ठानिएको थियो।
सोमबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएको आफू पक्षीय सांसदहरूको भेलामा उनी नगएपछि थापाले अब कतातिर उभिन्छन् भन्ने चासो बढेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
अन्नपूर्ण क्षेत्रमा एक महिनामै ३३ हजार बढी पर्यटक
मंसिर ३, २०८१ सोमबार
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानोगौचरणमा राखिँदै
मंसिर ३, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार