एनएमबी बैंकको १६.२० प्रतिशत लाभांश दिने घोषणा

नेपालबहस संवाददाता
पुस ६, २०७७ सोमबार २२:४६:३३

६ पुष, काठमाडौं । गत वर्ष सर्वाधिक लाभांश वितरण गरि १ नम्बरको चर्चामा आएको एनएमबी बैंकले यसवर्ष भने लगानीकर्तालाई उत्साहजनक लाभांश वितरण गर्न नसक्ने भएको छ । बैंकले १६.२० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । अहिलेसम्म लाभांश प्रस्ताव गरेका बैंकहरुमध्ये एनएमबी चौथो नम्बरमा पुगेको छ । बैंकको विगतको दुई वर्षको प्रतिफल वितरणको हिसाबमा आधा भन्दा पनि कम हो ।
२०७५/७६ मा बैंकले २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश गरी ३५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै २०७४/७५मा २० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर दिएको थियो । बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले २०७६/७७ को नाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३.२० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
सीईओ सुनिल केसीले अहिले बैंकको उच्च व्यवस्थापन समालिरहेका छन् । तर लगानीकर्ता, शेयरधनीको नजरमा राम्रो लाभांश दिने बैंकको रुपमा परिचित यो बैंक यसपटकको लाभांश प्रस्तावका कारण हात्ती आयो हात्ती आयो फुस्सा भने झैं भएको छ । केही लगानीकर्ताले यो लाभांश घोषणालाई बैंक व्यवस्थापन टीमको लाजमर्दो प्रस्तुतिको रुपमा व्याख्या गरेका छन् ।
बैंकले यसपटक १ अर्ब ८७ करोड ८२ लाख ७ हजार ८०० रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, ४६ करोड २३ लाख २८ हजार ९४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई प्रस्तावित लाभांश वितरण हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
फागुन १३, २०८१ मंगलबार
सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा
फागुन ११, २०८१ आइतबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार
आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै
फागुन १४, २०८१ बुधबार
पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति
फागुन १४, २०८१ बुधबार
आज महाशिवरात्री, भगवान शिवको पूजा गरी मनाइँदै
फागुन १४, २०८१ बुधबार