तपाईको आजको राशीफल कस्ताे छ ?
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार ११:२०:२८
वि.सं. २०७७ साल पौष ०७ गते मंगलबार इ.स.२०२० डिसेम्बर २२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । मंसिर शुक्लपक्ष । तिथी– अष्टमी,२० बजेर ०४ मिनेट उप्रान्त नवमी । नक्षत्र–उत्तरभाद्रपदा,२७ बजेर ५० मिनेट उप्रान्त रेवती । योग– व्यातिपात,१५ बजेर ०६ मिनेट उप्रान्त वरियान । करण–भद्रा,०७ बजेर १९ मिनेट उप्रान्त बव,२० बजेर ०४ बालव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५२ मिनेटमा,सूर्यास्त १७ बजेर १२ मिनेटमा । दिनमान २५ घडी ४९ पला । बखुमद अष्टमी ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):- कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने, विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायी रहने छ । काम गर्दा बिशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तह टाडिनेछन् । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):- व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिने छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने छ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारीसाधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिने छ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
मिथुन ( का,की,कू,घ,ङ,छ,के,को,हा) :- समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउने छन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगती गर्न सकिने छ भने, तपाईको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत संगित तथा कला साहित्यमा समय दिनेहरुले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरी कसिलो भएर जानेछ ।
कर्कट ( ही,हू,हे,हो,डा,डी,डु,डे,डो):- नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापुर्वक जीम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो वातावरणमा दिन बित्नेछ । पढाईलेखाईमा मन जाने हुनाले प्रतिस्पर्धीमा हरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईको गतिलो उपश्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे):- व्याक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदिबहिनीसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनी सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछी परिने छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अबिश्वास बढ्ने तथा धोका हुनेछ ।
कन्या ( टो,पा,पी,पू,ष,ण,ठ,पे,पो ) :- अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिने छ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगी बढ्न सकिने छ भने मायाप्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुशि भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेको छ ।
तुला ( रा,री,रु,रे,रो,ता,ती,तू,ते ) :- बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नया उद्योगमा लगानि गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै जित हात पार्न सकिने छ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । शरिर स्वस्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिने छ । पढाईलेखाईमा राम्रो नतिजाका साथ तपाईको नाम अग्र स्थानमा आउनेछ ।
बृश्चिक ( तो,ना,नी,नू,ने,नो,या,यी,यू ) :- व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिने छ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ भने सबैले तपाईको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ ।
धनु ( ये,यो,भा,भी,भू,ध,फा,ढा,भे ) :- कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रिबाट भनेजस्तो नाँफा कमाउन सकिने छ । मायाप्रेममा आजको दिन टाडै रहनु नै बेश हुनेछ नजिकिदा मनमुटाव हुनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ ।
मकर ( भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- छोटो तथा रमाईलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाईला तथा मन मिल्ने साथिभाईहरु भेटिने छन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमुलक बिषयमा मन जानेछ । आम्दानी बढाउन गरिने कामहरु समयमा नै सम्पन्न गरी आर्थिक स्थिती मजबुत पार्न सकिने छ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममूखि कामगर्न सकिने छ । विवादित बिषयहरु तपाईकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा ):- धनस्थानमा गोचर गर्ने चन्द्रमाले नया प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरु जोड्न सकिने छ । काउन्सेलिङ,मोटिभेसन,सञ्चार पेशा व्यावसायमा समय खर्चिनेहरुका लागि समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृड हुनेछ । मनपर्ने भोजन,उत्तम बस्त्र तथा बिलाशी बस्तुको प्रयोग गर्न पाईने हुनाले मन प्रशन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरु भेटिने योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची):-सबैको सहयोग पाईने हुनाले काम गर्न जोस जागर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन संग्रह गर्न सकिनेछ । बिद्यार्थीहरुले मेहनेत गरी राम्रो नतिजा हात पार्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तिको योग रहेको छ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
नेपालबहस संवाददाता
भदौ ३१, २०८१ सोमबार
कांग्रेसको सय दिने अभियानमा जिल्ला जाने प्रतिनिधिलाई सानेपामा आज प्रशिक्षण
असोज २, २०८१ बुधबार
रुसमा जन्मदर घटेपछि कामको बीचमा शारीरिक सम्बन्ध बनाउन पुटिनको अपिल
असोज २, २०८१ बुधबार
एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित
असोज ३, २०८१ बिहिबार
पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !
असोज ३, २०८१ बिहिबार
मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
असोज ३, २०८१ बिहिबार
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
असोज ३, २०८१ बिहिबार
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षाेल्लासका साथ मनाइँदै
असोज ३, २०८१ बिहिबार