काभ्रेको पार्टी कार्यालयमा ओलीनिकट कार्यकर्ताले ताला लगाए
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार २१:९:५८
७ पुष, काभ्रे । काभ्रेको बनेपास्थित नेकपा पार्टी कार्यालयमा अपदस्थ अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताले ताला लगाएका छन् ।उनीहरूले पुरानो ताला फोडी नयाँ ताला लगाएका हुन् । नेकपाका जिल्ला सदस्य कञ्चन अधिकारीको नेतृत्वमा नयाँ ताला लगाइएको हो ।
प्रधानमन्त्री ओलीले संसद् विघटन र मध्यावधि निर्वाचनमा लागेपछि ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विवाद जिल्लासम्म आइपुगेको छ ।
जिल्लामा नेकपाका पार्टी इञ्चार्ज गोकुल बाँस्कोटालगायत केपी पक्षमा रहेका छन् भने पार्टीका अध्यक्ष रुकु चौलागाईं र सचिव टोकबहादुर वाइबा प्रचण्ड–नेपाल पक्षका हुन् । पार्टी कार्यालय प्रचण्ड–नेपाल पक्षले कब्जा गर्ने देखिएपछि ओली पक्षले पुरानो ताला फुटाएर नयाँ ताला लगाएका हुन् ।
देशभरि ओली र प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताबीच विभाजन देखिएसँगै झडप हुन सक्ने परिस्थितिलाई लक्षित गरेर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । संसद विघटन र मध्यावधि निर्वाचनको पनि विरोध भइरहेकाले पनि देशभर सुरक्षाकर्मीको परिचालनलाई बढाइएको छ ।
यस्तै, लमजुङमा पनि युवा संघका नेताहरुले नेकपा पार्टी कार्यालयमा ताला लगाएका छन् । पार्टी फुटको संघारमा पुगेको अवस्थामा युवा संघले जिल्ला अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका हुन् ।
लमजुङमा पनि तत्कालीन एमालेकै कार्यालयमा नेकपाको जिल्ला पार्टी कार्यालय राखिएको थियो । तालाबन्दीपछि प्रधानमन्त्री ओली निकट विद्यार्थी नेताहरुले नारावाजी र प्रदर्शनसमेत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार