ओलीको संसद विघटनको कदम अधिनायवादी आकांक्षाको प्रतिरूप : सभापति देउवा
नेपालबहस संवाददाता
पुस ७, २०७७ मंगलबार २२:५७:५६
७ पुष, काठमाडौं । सानेपामा नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक केहीबेर अघि सकिएकाे छ । बैठकलाई सम्बाेधन गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा उत्पन्न यस गम्भीर संकटको समयमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन् ।
आज मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम अधिनायवादी आकांक्षाको प्रतिरूप भएको बताएका हुन् । यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेस सशक्त ढंगले अघि बढ्नुपर्ने बताए ।
यता, प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकारहरूसँग कुरा गर्दै कोरोना महामारीको यस्तो गम्भीर संकटको अवस्थामा निर्वाचनमा जाने असुहाउँदो कुरा हुने बताए । उनले भने, ‘जनता कोरोना महामारीका वेला सेतो कात्रो ओढेर घाटतिर जान बाध्य भएका वेला प्रधानमन्त्रीलाई भने रातो झण्डा बोकेर भोट माग्न जाने इच्छा जागृत भएको छ । यो बिल्कुल अमिल्दो विषय हो ।’
साथै उनले अहिलेको अवस्थालाई कांग्रेसले गम्भीर रूपमा लिएको र संयमित भएर संकटबाट मुक्ति दिलाउने विषयमा निर्णय गर्ने बताए । कांग्रेस केन्द्रीय समिति बैठकमा संसद पुनर्स्थापनाको विषयमा के पहल गर्ने, निर्वाचनलाई कसरी लिने, संवैधानिक संकटको अवस्था, राजनीतिक रूपमा कसरी प्रतिरोध गर्ने भन्ने विषयमा छलफल भएकाे थियाे ।
बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम बाँकी नै छ । केन्द्रीय सदस्यहरूले आफूले चाहेजति समय लिएर बोल्न पाउने व्यवस्था गरिएकाले कांग्रेस केन्द्रीय समिति बैठक केही दिन लम्बिने भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार