नेका बीपीद्धारा ०४७ सालको संविधान पुर्नबहालीको माग, आन्दोलनको घोषणा
नेपालबहस संवाददाता
पुस ७, २०७७ बुधबार ०:७:५६
७ पुष, काठमाडाैं । नेपाली कांग्रेस (बीपी) ले ०४७ सालको संविधान पुर्नबहालीको माग गर्ने निर्णय गरेको छ । आज सम्पन्न केन्द्रीय समिति बैठकले विचारको आधारमा परम्परागत राजसंस्था, प्रजातान्त्रिक एवं जनशक्तिको सहअस्तित्वका आधारमा मात्र मुलुकले सम्पूर्ण रुपले स्थिरता, सशक्ता र समृद्वि प्राप्त हुने ठहर गर्दै समयानुकूल संसोधनसहित २०४७ सालको संविधान पुर्नबहाली गर्न आन्दोलन गर्ने निर्णय गरेको हो ।
उसले पुष १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा समसामयिक राजनीतिक विषयमा विभिन्न राजनीतिक दल, संघसंस्था, नागरिक समाजहरु बीच बृहत अन्तरसंवाद कार्यक्रम गरि भावी आन्दोलनका कार्यक्रम तय गरिने महामन्त्री सुशीलमान शेरचनले नेपालबहस डटकमलाई बताए ।
पार्टीले संसद विघटनलाई राष्ट्रहित, जनहित, पार्टीको सिद्वान्त र आदर्श भन्दा सत्ता, शक्ति र सम्पत्तिबाट प्रभावित हुने दल र नेताहरुको अन्तरसंघर्षको परिणाम भएकोले यस्ता शक्तिहरुले मुलुक र मुलुकबासीको लागि जनहितकारी कार्य गर्न नसक्ने निष्कर्ष निकाल्दै अब जनताले विकल्प खोज्छन् भन्ने विश्वासका साथ गर्दछ नेका (बीपी) आमनिर्वाचनबाट भने पछि नहट्ने महामन्त्री शेरचनको भनाई छ ।
आज बसेको बैठकले यही पुष २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जन्यति भव्यताका साथ मनाउने निर्णय गर्नुका साथै पार्टीका सहमहामन्त्री तथा प्रवक्ता देवेन्द्रप्रकाश पौडेलबाट प्रस्तुत राजनीतिक प्रतिवेदन पास गरिएको , नेपाल उखु किसान संघर्ष समितिले उखु किसानले पाउनुपर्ने झन्डै १ अर्ब रुपैयाँ भुक्तानीको माग गर्दै चलेको आन्दोलनप्रति ऐक्यबद्वता जनाउदै अविलम्ब किसानको माग पुरा गर्न नेपाल सरकारसँग जोडदार माग पनि गरेको छ ।
यस्तै पार्टीका केन्द्रिय सदस्य तथा तनहुँ जिल्ला सभापति यामबहादुर आलेका पिता प्रभुसिं आलेको ९३ वर्षको उमेरमा भएको देहावसानमा गहिरो दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
राजनीतिक प्रतिवेदनमा के छ ?
हाम्रो मुलुक नेपाल अहिले इतिहासकै कठिन मोडमा उभिएको छ । आन्तरिक रुपमा जातीय, धार्मिक विभाजन र धर्म रुपान्तरणले व्यापकता पाएको छ । सहिष्णुताको नेपाली समाज बिथोलिएको छ । शिक्षा र स्वास्थइ जस्ता अत्यावश्यक सेवा पूर्णरुपमा व्यापारिककरण भै निमुखा जनताको पहुँच भन्दा टाढा भएको छ ।
भष्ट्राचारमा खुल्ला छुट छ, देशको ढुकुटी रित्तिदै गएको छ । व्यापार घाटा चुलिएको छ, रोजगारी शुन्य छ, अपराध बढ्दो छ । सुरक्षा एव्ं प्रशासनिक संयन्त्र अकर्मण्य छ । झन्डै दुईतिहाई भनिएको सरकार पुर्णरुपमा कुशासनले बदनाम छ । फलत केहि मुठीभर कार्यकर्ता बाहेक आमजनमानसमा आक्रोश व्याप्त छ ।
उग्रराष्ट्रवादको अवशेष र उत्तेजनापुर्ण असन्तुलित र सतही कुटनीतिले छिमेकी र दाता राष्ट्रसँगको सम्बन्ध अविश्वसनिय र अव्यवहारिक हुदाँ शक्तिराष्ट्रहरुको पूर्णत क्रिडास्थल भएको छ । जसको छायाँ सत्तारुढ दल र प्रतिपक्षमा समेत देखा परेको छ । सरकारको यस्तो असफलतामा प्रतिपक्ष दलको भूमिका निष्प्रभावी छ । सांरशमा दलहरु र त्यसका पदाधिकारीहरु पूर्णत निकम्मा सावित भएका छन् भने जनताको आँखामा पूर्णत नग्न हुन् पुगेको छन् ।
यी समग्र समस्याको जड वाह्यशक्तिको योजनामा सुरु भएको कथित जनयुद्व, १२ बुद्धे सहमति र वर्तमान संविधान नै हो । जसको उद्देश्य नेपालीहरुको राष्ट्रिय एकताका आधारहरुलाई क्रमश चुडाउँदै, जातीय र धार्मिक द्वन्द्वको माध्यमबाट अस्थिरता सृजना गरि आफ्नो रणनीतिक स्वार्थ पुरा गर्नु हो । जुन कार्य यहाँका दल र त्यसको नेतृत्ववर्ग सत्ता र आर्थिक स्वार्थमा बिक्री हुनु र कार्यकर्ताहरु तुच्छस्वार्थमा मौन बसेका छन् । अब यो जमातबाट मुलुकले त्राण पाउने कुनै सम्भावना छैन् ।
यस्तो कठिन अवस्थामा दलहरु भित्र वा बाहिर रहेका राष्ट्रवादी शक्तिहरु, अभियान्ताहरु, समुहहरु, अभियानका संचालकहरु वा त्यस्ता कुनै दलहरु निश्वार्थपुर्वक एकै ठाउँमा आउनुको विकल्प छैन । म नै नेतृत्वमा आउनु पर्छ, मेरो विचारमा चल्नु पर्छ जस्ता साना सोचाईले कहिँ पुगिदैन । राष्ट्रियताको नाममा २०१७ पुस १ को कार्य होस् वा कथित लोकतन्त्रको नाममा ०६२–६३ पछिको सबै कार्य होस्, अन्तत राष्ट्रका लागि ठुलो दुर्घटना हो भन्ने प्रमाणित भैसकेको छ ।
त्यसैले सबै पक्षको सहमति र २०४६ सालको जनआन्दोलनको जगमा बनेको २०४७ सालको संविधानलाई आवश्यक संसोधन गरेर अगाडी बढ्नु नै आजको अन्तिम विकल्प हो भने हाम्रो पार्टीको ठहर छ ।
अब हामी सबै श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र युगद्रष्टा राजनेता बीपी कोइरालाको नीतिमा रहनुको विकल्प छैन । त्यहि परिधिमा रही शक्ति निर्माण गरि व्यापक आन्दोलन गर्दा जनसमर्थन प्राप्त हुने उर्वर भुमि छ , खाँचो हामी भित्र कै एकता हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार