म कसैको, कुनै व्यक्ति र गुटको नभई नेकपाको प्रवक्ता हुँ : श्रेष्ठ
नेपालबहस संवाददाता
पुस ७, २०७७ बुधबार २:१०:५२
७ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दाहाल–नेपाल समूहले पार्टी नेता माधवकुमार नेपाललाई सर्वसम्मत ढङ्गले पार्टी अध्यक्षमा चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री नेपाललाई अध्यक्षमा चयन गरेको हो ।
पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेको ठहर गर्दै बैठकले पार्टी अन्तरिम विधानानुसार अनुशासनको कारबाही गरी उहाँलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी बैठकले पूर्वसभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीका रिक्त सदस्यमा मनोनयन गर्ने कमिटीकै प्रस्तावलाई सर्वमम्मतिले अनुमोदन गरेको छ । बैठकले पार्टीका कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारीलाई यसअघि गरिएको अनुशासनको कारबाहीबाट फुकुवा गरी पूर्ववत् जिम्मेवारी दिने निर्णय पनि गरेको उनले जानकारी दिए ।
बैठकले फुटवादी क्रियाकलापका विरुद्ध तथा पार्टी एकताका पक्षमा अपिल गर्दै विभिन्न प्रस्तावसमेत पारित गरेको छ । सबै नेताकार्यकर्तालाई एकीकृत पार्टीका पक्षमा एकताबद्ध भएर अघि बढ्न बैठकले अपिल गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री ओलीको सिफारिशअनुसार राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको विघटनको घोषणालाई अस्वीकार गर्ने निर्णय गरेको छ । बैठकले अविलम्ब संसद् बैठक आह्वान गर्न र संसद्को नियमित कार्य सञ्चालन गर्न पनि माग गरेको छ । केन्द्रीय कमिटीको अर्को बैठक बिहीबार बिहान ११ः३० बजे कार्की ब्याङ्क्वेटमै बस्नेछ । बैठकमा नेकपाका कुल ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ को उपस्थिति रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नेकपा फुटेको छैनः प्रवक्ता
सञ्चारकर्मीका जिज्ञासामा प्रवक्ता श्रेष्ठले नेकपा विभाजन नभएको बताए । “नेकपा फुटेको छैन, नेकपा एकीकृत र एकताबद्धरुपमा छ”, उनले भने, उनले आफू कसैको, कुनै व्यक्ति र गुटको प्रवक्ता नभई नेकपाको प्रवक्ता भएको जिकिर गरे । “बैठकले मलाई थप उत्साहित ढङ्गबाट प्रवक्ताको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार