नेकपा फुटेपछि बाग्मति प्रदेशका मुख्यमन्त्रीको पद धरापमा
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार १५:४४:६
८ पुष, हेटौंडा । केन्द्रमा नेकपा फुटेपछि बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पद धरापमा परेको छ । बागमतीमा प्रदेश सभाको बैठक गत साउन ८ गतेदेखि बस्न नसकेपनि मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने जोखिम बढेको हो ।
बागमती प्रदेशका एक मन्त्रीका अनुसार आन्तरिक विवाद कायमै रहेका कारण मुख्यमन्त्री पौडेललाई आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव आउने डर बढेको हो । यससँगै प्रदेश सरकारको अंक गणित सुरु भइसकेको छ । बागमती प्रदेशसभा ११० सदस्यीय छ । सरकार सन्चालनका लागि ५६ सिट चाहिन्छ । नेकपाका सांसद मात्रै ८० जना छन् । तीमध्ये प्रचण्ड–माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । केपी शर्मा ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।
प्रचण्ड–माधव नेपाल पक्षका सांसदले साथ नदिने अवस्थामा मुख्यमन्त्री पौडेलले कांग्रेस र अन्य साना दलको साथ लिनुपर्छ । तर अहिलेसम्मको स्थितिमा पौडेललाई ओली निकट सांसदबाहेक अरुको समर्थन छैन । यसको अर्थ स्पष्ट छ– बागमती प्रदेशका मुख्यमन्त्री पौडेल आफ्नै संसदीय दलभित्र अल्पमतमा छन् ।
ओली निकट मानिने पूर्वमन्त्री केशव स्थापितसमेत मुख्यमन्त्री पौडेलसँग चिढिएका छन् । नेकपाका नेताहरु स्थापितले पौडेललाई साथ नदिने दाबी गर्छन् । नेकपाका प्रभावशाली मानिने नेताहरु स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरु राजेन्द्र पाण्डे, पशुपति चौलागाईं लगायत पनि मुख्यमन्त्री डोरमणि पौडेलको विपक्षमा देखिन्छन् । यसकारण पनि ओलीका खास मान्छे भनिएका पौडेल अल्पमतमा परेका कारण पनि अविश्वासको मत बढेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ३, २०८१ सोमबार
कोशी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
मंसिर ३, २०८१ सोमबार
पृथ्वीराजमार्ग आजदेखि दैनिक साढे चार घण्टा बन्द
मंसिर ३, २०८१ सोमबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार