कार्यकर्ता तानातान गर्दै ओली, प्रशिक्षणका लागि सातै प्रदेशमा खटाइयो नेताहरु !
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार १७:६:११
८ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आउँदो बर्षको मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले सातै प्रदेशमा तत्कालै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
प्रशिक्षण कार्यक्रम सन्चालनका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले कार्यकर्ता प्रशिक्षणका लागि नेताहरुको जिम्मेवारी तोकेको जानकारी सार्वजनिक गरेका हुन् ।
जसमा पूर्वमाओवादीबाट ओली समूहमा गएका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि प्रशिक्षणमा खटिएका छन् । यस्तै ओली समूहका प्रभावशाली नेता ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु र प्रदीप ज्ञवाली पनि प्रदेश स्तरको कार्यकर्ता प्रशिक्षणमा खटिएका छन् ।
सुदूरपश्चिम प्रदेशमा नेताहरु लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे तोकिएका छन् । भट्ट पूर्व माओवादी समूहका हुन् । यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै लुम्बिनी प्रदेशमा नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेललाई जिम्मेवारी तोकिएको छ ।
वागमती प्रदेशमा भने ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याललाई कार्यकर्ता प्रशिक्षणको जिम्मेवारी तोकिएको छ । प्रदेश नं २– ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतोलाई जिम्मेवारी दिइएको छ । प्रदेश १ मा भने सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फेलाई जिम्मेवारी तोकिएको छ ।
पछिल्लो समय नेकपाका बहुमत सदस्य प्रचण्ड र माधव नेपाल समूहमा लागेपछि ओली समूह पनि बहुमत जुटाउने कसरतमा जुटेको छ । सोही कारण प्रदेश स्तरमा तत्कालै कार्यकर्ता प्रशिक्षण थालिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार