हार्दिक श्रद्धासुमन किसुनजी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार १९:१२:०
![](https://nepalbahas.prixacdn.net/media/albums/Krishna-Prasad-Bhattarai_Hn5hmAwL81.jpg)
आज डिसेम्बर २३ अर्थात पुष ८ गते श्रद्धेय नेता किसुनजीको जन्म जयन्ती । नेपाली धर्तीमा आफ्ना आँखा खोलेदेखि नै आफ्नाे सम्पुर्ण जीवन मात्र देशको लागि समर्पित नेता, देशबाट केहि लिने अपेक्षा समेत नराख्ने त्यागी, समाजवादको खास्टोले आफुलाई ग्वाम्लाङ्ग छोपेर, नेपाली जनताले असाध्यै मन पराएर बनाएको चरतारे झण्डा बोकेर, तिनै नेपालीको भोक, रोग र अशिक्षा, पछ्यौटेपन र बेरोजगारिका कहालीलाग्दा वर्तमानहरु बोकेर, आप्mना तमाम दुःख, कष्ट, आरोह अबरोहहरुलाई समर्पणको सद्धभावले छोपेर कहिले जनताका घर आँगनमा, कहिले देश चलाउने संसदमा त कहिले तानाशाहाहरुका जेल नामका काल कोठरीमा यात्रा गर्दै आप्mनो भौतिक देह त्याग गर्नुभएका उनै सन्त नेता कृष्ण प्रसाद भट्टराईको आज जन्म दिन । उनलाई नेपाली राजनीतिको इतिहासमा एक सच्चा समाजबादी नेता मात्र हैन समाजबादका प्रणेता, समाजबादका व्याख्याता र समाजबादका कुसल प्रयोगकर्ताका रुपमा समेत लिने गरिन्छ ।
नेपालमा भएका विभिन्न राजनैतिक परिवर्तनमा अहम भूमिकामा रहेर लिएको जिम्मेवारीलाई कुशलताका साथ सम्पन्न गर्ने किसुनजीलाई उपहार स्वरुप उनको जन्म दिनमा दिने कुनै दर्बिलो शब्द नेपाली शब्दकोषमा भेटिएन । वर्तमानका पानीमरुवा नेतालाई हेरेर उनको कद घटाउने अभिव्यक्ति दिने अथवा किसुनजीको जन्मदिनमा समेत सामान्य औपचारिकतासम्म पुरा नगर्ने नेपाली कांग्रेसलाई त यहाँ उनिसँग जोडनै सकिएन ।
जसले जुन आदर्श र व्यवस्थाका लागि चारतारे भण्डामुनी बसेर आप्mनो सम्पूर्ण जीवन सिध्यायो उसैले मर्ने बेलामा त्यहि राजनैतिक दलबाट पाउनुसम्म अपमान, तिरस्कार र हण्डर पायो । आफुले रोपेर मलजल गरि हुर्काएको, लटरम्म फल फलेको बृक्षलाई राक्षसहरुको जिम्मा लगाएर नेपाली राजनीतिको एक युग पुरुष सदाका लागि नेपाली धरातलबाट अस्तायो ।
संयुक्त जनआन्दोलनले चिनेको छ, २०४७ सालको संबिधानले चिनेको छ, नेपालका तिनपुस्ते राजाहरु स्व. त्रिभुवन, स्व. महेन्द्र, स्व. बिरेन्द्र र वर्तमानका ज्ञानेन्द्र समेतले राम्ररी चिनेको छ । त्यतिमात्र हैन नेपाली राजनैतिक आकाशका शिद्धहस्त सर्बोच्च नेता गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीले चिनेको छ । वर्तमानका सडकमा ढुंगा हानेर र जनताका छोरा मारेर बनेका बिना सिद्धान्त र विना बिचारका नेताहरुले किसुनजीलाई चिन्न सक्दैनन् । यिनिहरु किसुनजीले देखाएको मार्गमा हिडन पनि सक्दैनन् ।
किसुनजीको न घर थियो न बारी, न धन दौलतका भोका थिए, न त आप्mन्त र सालासाली, उनको सम्पूर्ण राजनीतिक जीवनमा न त उनले सालोलाई मेयर बनाउनै हत्ते गरे, न त छोरी बुहारीलाई मन्त्री, न त अपराधिलाई काखी च्यापे न त योग्य र ईमान्दारलाई शास्ती नै दिए, राजनीतिलाई सधैं इमान्दारितासँग तुलना गर्ने किसुनजीले राजनीतिमा परिवारवाद कहिल्यै घुसाउन दिनु भएन, जव नेपाली कांग्रेसमा असाध्यै नराम्रो गरी परिवारवाद घुस्यो उहाँ त्यहाँ बस्न चाहनु भएन अझ भनौं उनको नैतिकताले त्यहाँ बस्नै दिएन । जसले सिंगो राष्ट्रलाई नै आप्mनो घर बनायो, जसले सम्पूर्ण नेपालीलाई नै आप्mनो परिवार बनायो उसैले जीवनको उत्तरार्धमा कुटीमा बसेर जीवन सिध्यायो । खै के सिक्यो र नेपाली कांग्रेसले सन्त नेता किसुनजीबाट ?? सधैंको परिवारवाद र धनवादमा मात्रै अहिलेको नेतृत्वसमेत नेपालका कम्यूनिष्टहरु भन्दा पनि नराम्रोसँग गन्हायो ।
आप्mनो राजनैतिक जीवनको यौवनावस्थामा किसुनजीमा देखिएको आँट, शाहस र हिम्मतका उर्जाशिल इतिहासहरु पढेर पनि, किसुनजीसँगै बसेर हुर्केर अनि बढेर पनि वर्तमानको नेपाली कांग्रेसको नेतृत्वले किसुनजीबाट केहि सिक्नै सकेनछ । देशको जटिल राजनैतिक मोडमा, आन्दोलन र परिवर्तन अनि नेतृत्व तहमा रहदा समेत किसनुजीमा जुन उत्साह, जोश, आँट र धैर्यता हामीले देख्यौ त्यो अहिलेको बर्तमान पार्टी नेतृत्वमा कहिल्यै पनि देख्न पाईएको छैन । यसो भनेर बर्तमानको कांग्रेस नेतृत्वलाई गलत भन्न खोजिएको हैन, किसुनजीका उत्तराधिकारीहरुको बहुलट्ठिपनको बिरोध मात्र गर्न खोजिएको हो ।
२००७ सालमै विद्याबारिधि गरिसक्नु भएका किसुनजी विश्वेश्वर प्रसाद कोईरालाका समेत अत्यन्तै पृय पात्र हुनुहुन्थ्यो । २०१५ सालको आम निर्वाचनमा पराजित हुँदा समेत प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोईरालाले उहाँलाई नै पहिलो संसदका सभामूख चुन्नुभएको थियो । पक्ष र विपक्षलाई सजिलै मिलाएर लैजानसक्ने क्षमताको उहाँमा भरपूर ज्ञान थियो । विद्धानले जस्तोसुकै मुर्खलाई पनि आप्mनो बाटोमा हिडाउन सक्छ भन्ने उदाहरण २०४६ साल पछिका उनका नेतृत्वदायी भूमिकाहरुले समेत देखाएका छन् । नेपाली कांग्रेसलाई कोईराला परिवारको कांग्रेस भनेर अपव्याख्या गरिरहिएको बेलामा समेत स्व. महामानव विश्वेश्वर प्रसाद कोईरालाले उनै किसुनजीलाई नेपाली कांग्रेसको जिम्मा लगाउँनु भएको थियो ।
उहाँ जति सरल र शान्त देखिनुहुन्थ्यो त्यति नै आप्mनो अडानमा चट्टान झै उभिनुहुन्थ्यो । सधैं परिवर्तनका पक्षधर किसुनजी आफु सधैं गिता पाठ गर्नुहुन्थ्यो । धार्मिक अनुष्ठानबाट खारिएका उनका विचारहरुलाई नेपाली समाजले कहिल्यै आत्मसात गर्न सकेन । प्रजातान्त्र र समाजबादका एकमात्र पहरेदार किनुजीलाई नेपाली कांग्रेसले पाखा लगाए पछि नै नेपाली कांग्रेसको राजनैतिक ओरालो यात्रा शुरु भएको हो । २०४७ सालको संबिधान निर्माणका क्रममा आएका अवरोधहरु र तिनलाई सहजताका साथ निराकरण गरेका राजनैतिक कौशल र विचारमा दृढ नेता अब नेपाली राजनीतिको आकाशमा देखिन धेरै बर्ष कुर्नु पर्ने देखिन्छ ।
वर्तमानका राजनैतिक बज्रस्वाँठहरु जस्तो अगाडिको भाग मात्रै देख्ने र खाईहाल्ने खन्चुवा नेता हैन जसले आफुलाई बर्षौबर्षसम्म जेलमा राखेर यातना दियो त्यहि राजतन्त्रका पक्षमा भिमसेन स्तम्भ भएर उभिनु भएका किसुनजीले नेपालको भोलिको नेपाल पनि देख्नु भएको थियो । जुन कुरा किसुनजीले मर्नेबेलासम्म पनि नगरौं नगरौं भन्दै हुनुहुन्थ्यो आज त्यहि कुराले नेपाली कांग्रसलाई नराम्रोसँग पिरोलि रहेको देखिन्छ ।
वर्षले ९७ औं जन्म जयन्ती भए पनि अझै सदियाैंसम्म किसनुजीको जन्मजयन्ती मनाई रहिनेछ । सिंगो नेपाली राजनीति कै निष्ठा र आदर्शपात्र, सदाचार र राष्ट्रप्रेमका प्रतिमुर्ति, नेपाली राजनीतिमा प्रजातान्त्रिक आन्दोलनका महानायक, २०४७ सालका संबिधानका पिता, महान राष्ट्रबादी श्रद्धेय नेता, भट्टराई कुलबंश प्रतिष्ठान नेपालका कुल तारा, नेपाली राजनैतिक इतिहासमा सधैं उच्च स्थानमा रहीरहनु हुने त्यागी, शन्तनेता किसुनजी प्रति हार्दिक श्रद्धाशुमनका पुष्पगुच्छा अर्पण गर्दछु ।
अब कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेसका संस्थापक, पूर्व पार्टी सभापति र पूर्व प्रधानमन्त्री मात्र रहुनुभएन । उहाँ विश्व समाजवादी आन्दोलनका एक कुशल व्याख्याताकार र समाजवादका प्रणेता हुनुभएको छ । भलै उनलाई वर्तमानको नेपाली कांग्रेसले चिनेन तर उनलाई २००७ सालको कांग्रेसले चिनेको छ, २०२७ सालको ने.बि. संघले चिनेको छ, २०३६ सालको जनमत संग्रहले चिनेको छ, २०४६ सालको संयुक्त जनआन्दोलनले चिनेको छ, २०४७ सालको संबिधानले चिनेको छ, नेपालका तिनपुस्ते राजाहरु स्व. त्रिभुवन, स्व. महेन्द्र, स्व. बिरेन्द्र र वर्तमानका ज्ञानेन्द्र समेतले राम्ररी चिनेको छ । त्यतिमात्र हैन नेपाली राजनैतिक आकाशका शिद्धहस्त सर्बोच्च नेता गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीले चिनेको छ । वर्तमानका सडकमा ढुंगा हानेर र जनताका छोरा मारेर बनेका बिना सिद्धान्त र विना बिचारका नेताहरुले किसुनजीलाई चिन्न सक्दैनन् । यिनिहरु किसुनजीले देखाएको मार्गमा हिडन पनि सक्दैनन् ।
तर बिडम्बना उनै कर्मयोगी बौद्धिक तथा दार्शनिक व्यक्तित्व किसुनजीलाई वर्तमानको गणतन्त्रले समेत चिन्न सकेन । किसुनजीले देखाएको मार्गमा स्वयं नेपाली कांग्रेस हिडन् सकेन । जे होस् अब नेपाली राजनीतिको विकास क्रममा किसुनजी एक समाजबादी योद्धाका रुपमा चिरकालसम्म रहिरहनु हुनेछ । वर्षले ९७ औं जन्म जयन्ती भए पनि अझै सदियाैंसम्म किसनुजीको जन्मजयन्ती मनाई रहिनेछ । सिंगो नेपाली राजनीति कै निष्ठा र आदर्शपात्र, सदाचार र राष्ट्रप्रेमका प्रतिमुर्ति, नेपाली राजनीतिमा प्रजातान्त्रिक आन्दोलनका महानायक, २०४७ सालका संबिधानका पिता, महान राष्ट्रबादी श्रद्धेय नेता, भट्टराई कुलबंश प्रतिष्ठान नेपालका कुल तारा, नेपाली राजनैतिक इतिहासमा सधैं उच्च स्थानमा रहीरहनु हुने त्यागी, शन्तनेता किसुनजी प्रति हार्दिक श्रद्धाशुमनका पुष्पगुच्छा अर्पण गर्दछु ।
देशको वर्तमानको जटिल राजनीतिक परिवेशमा नेपालमा क्रियाशिल रराजनैतिक व्यक्तित्वहरुले किसुनजीको व्यक्तिगत जीवनबाट र उनका त्याग र समर्पणबाट समेत अझ धेरै कुराहरु सिक्न सकुन । वर्तमानमा धमिलिएको नेपालको राजनैतिक धरातल किसुनजीको विचार र चिन्तको लाईनमा आउन र ल्याउन सकोस् । हाम्रा देशका नेताहरुका पनि व्यक्तिगत सत्ता स्वार्थ र लोभलालचका नअघाउने मुख आकृतिका ओडारहरु पुरिएर जाउन । सबैमा किसुनजीको झै देशप्रेम र राष्ट्रिय भावना जागृत भएर जाओस् । हार्दिक श्रद्धाशुमन किसुनजी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराज्य संयन्त्रको केन्द्रमै भ्रष्टाचारः कस्तो सरकार, कस्ता दलहरू ?
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
विद्यार्थीले कक्षा दशपछि के पढ्ने ?
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै बजेट पुस्तिका बाहिरियो, कांग्रेसले गर्यो विरोध
असार ११, २०८१ मंगलबार
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न
असार ११, २०८१ मंगलबार
६० केजी सुन तस्करी प्रकरण : दोस्रो चरणको अनुसन्धानमा २० जना पक्राउ, १५ जना अझै फरार
असार ११, २०८१ मंगलबार
अबैध उत्खनन गरी बालुवा ल्याइरहेको ३ ट्याक्टर चालकसहित पक्राउ
असार ११, २०८१ मंगलबार