कम्युनिष्ट र कांग्रेस असफल भए : कमल थापा
नेपालबहस संवाददाता
पुस ८, २०७७ बुधबार २०:१९:४२
८ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ट र कांग्रेस असफल भएको बताएका छन् । उनले चाहे आन्दोलन होस् वा चाहे चुनाव जुन बाटोबाट हुन्छ पार्टीको एजेन्डा स्थापित गर्नमा केन्द्रीत हुन कार्यकर्ताहरुलाई आग्रह गर्दै सो कुरा बताएका हुन् । आज काठमाडौंमा आयोजित आन्दोलन तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक संकटको दलदलमा भासिएको चर्चा गर्दै राप्रपाको एजेन्डा र मार्गचित्रबाट मात्र मुकुकको संकटमोचन हुन सक्ने दावी गरे ।
अहिलेको संकटको शृजना कम्युनिष्ट र कांग्रेसबाट भएको हुँदा ती दलहरुबाट अब निकास सम्भब नभएको भन्दै थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भइ अघि बढ्न आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले कांग्रेस कम्युनिष्टले मुलुक संचालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको विचार व्यक्त गरे ।
राजसंस्था र हिन्दुराष्ट्लाई पुनर्स्थापना गर्नको निमित्त सबै तह र तप्कामा सकृयताको आवश्यकता भएको समेत राणाको भनाई थियो । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनिले संसदको विघटन अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै सर्बोच्च अदालतको फैसला कुर्नुपर्ने बताए । उनले मुलुकलाई असफताको बाटोमा लान खोजिएको त्यो हुन नदिन राप्रपा बलियो हुनु पर्ने बताए । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले आगामी पौष १७ गते काठमाडौंमा हुने प्रदर्शनको खाका प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेता शेखर कोइरालाको प्रश्न: नागरिक बगेको घट्नाले राज्यलाई अलिकति पनि छोएन ?
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
गृहमन्त्रीले बोलाए केन्द्रिय सुरक्षा समितको बैठक
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार