ठूलो आवाज निकाल्ने मोटरसाइकल देखेमा तत्काल प्रहरीलाई खबर गर्नुस
नेपालबहस संवाददाता
पुस ८, २०७७ बिहिबार ०:२८:६
८ पुष, वीरेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले अब ठूलो आवाज निकाल्ने मोटरसाइकललाई कारवाही गर्ने भएकाे छ । कार्यालयले ठूलो आवाज निकाल्ने ३५ मोटरसाइकलका साइलेन्सर तानेर कारवाही अभियान थालेको जनाएकाे हाे ।
सवारी व्यवस्थापन तथा ध्वनि प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले बुलेट मोटरसाइकलका साइलेन्सर तानेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्रप्रसाद आचार्यले जानकारी गराए ।
सडकमा हिँड्ने नागरिकलाई समेत त्रसित बनाएर ठूलो आवाज निकाल्ने ३५ वटा बुलेट मोटरसाइकलका साइलेन्सर निकालेको प्रमुख आचार्यले बताए । उहाँले ध्वनि प्रदूषण नियन्त्रण गर्न एक महिने अभियान नै सञ्चालन गरेको बताए ।
“नयाँ मोटरसाइकल खरिद गर्दा हुने वास्तविक ध्वनिलाई मोडिफाइ गरेर ध्वनि बढाइएको पाएपछि कारवाहीका लागि साइलेन्सर तानेका हौँ”, आचार्यले भने, “सवारी ध्वनिले वीरेन्द्रनगर बजार क्षेत्रमा साइलेन्सर मोडिफाइ नगर्ने प्रतिबद्धता जनाएपछि मात्रै कारवाही गरेर छाड्ने छौँ ।”
उनले सवारी मापदण्डअनुसार आफूखुशी स्वरुप परिवर्तन गर्ने र ठूलो आवाज निकाल्ने सवारी देखेमा तत्काल प्रहरीलाई खबर गरिदिन अपिल गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार