यस्तो छ, बेलायतमा देखिएको नयाँ कोरोना भाइरसको नालीबेली
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार २०:०:३८
९ पुष, काठमाडौं । बेलायतको दक्षिणपूर्बी क्षेत्रमा कोरोना भाइरसको नयाँ परिवर्तित स्वरूप देखा परेको छ । यो नयाँ प्रजातिको कोरोना भाइरस अत्यधिक संक्रामक भएको जनाइएको छ ।
हाल महामारी ल्याएको कोरोना भाइरसको तुलनामा नयाँ प्रजातिको संक्रामक दर ७० प्रतिशत बढी देखिएको बेलायती वैज्ञानिकहरुले बताएका छन् । यसको मृत्युदर पहिलेको तुलनामा धेरै छ कि, उस्तै छ कि थोरै छ भन्ने बिषय अध्ययन गर्न बाँकी छ ।
।
म्युटेसन भएर आएको यो प्रजातिको ‘स्पाइक प्रोटिन’ जसले भाइरसलाई हाम्रा कोषभित्र पुर्याउने काम गर्छ, पहिलेको भन्दा फरक भएको जनाइएको छ । यो फरक प्रजातिमा हाल बिकास भएका खोपले काम गर्छन् कि गर्दैनन् भन्ने द्विविधा उत्पन्न भएको छ ।
कोरोना भाइरस यसरी म्युटेसन हुँदै जाने हो भने फ्लुको जस्तै खोपलाई संसोधन गर्दै प्रत्येक बर्ष लगाइरहनु पर्ने हुनसक्छ । त्यस्तै नयाँ प्रजाति फैलियो भने पहिले संक्रमण भएर निको भएका व्यक्तिको एन्टिबोडीले काम नगर्न सक्छ ।
।
अहिले बेलायतसँग संसारले नै हवाइसम्पर्क बिच्छेद गरेको छ भने सीमाना जोडिएको फ्रान्सले ४८ घन्टाको लागि आवतजावत बन्द गरेको छ । यसले गर्दा खाधान्न तथा औषधि बोकेका हजारौं लरी सडकमा फसेका छन् ।
विश्व स्वास्थ्य संगठन लगायत अन्तर्राष्ट्रिय संघसंस्थाहरुले यो प्रजातिको कोरोना भाइरसको अध्ययन सुरु गरेका छन् । केहि दिनमै यो प्रजातिको धेरै विवरण आउने अपेक्षा गर्न सकिन्छ ।
।
यो महामारीबाट बच्ने प्रमुख उपाय नै जनस्वास्थ्यका मापदण्डलाई जीवनशैली बनाउनु हो । सहि तरिकाले अनिवार्य रुपमा मास्क लगाउने, २ मिटरको दुरी कायम गर्ने, भीडभाड नगर्ने, भेन्टिलेसन कायम गर्ने तथा हातको सफाई र अनुशाशन कायम गर्ने हो भने परिवर्तित प्रजातिबाट पनि बच्न सकिन्छ । त्यस्तै महामारीको समयमा सामना गर्नुपर्ने कठिन परिस्थितिमा आत्मबल तथा मानसिक शक्ति प्रबल गराउनु जरुरी हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
गौतम गम्भीरको समर्थनमा निस्किए सौरभ गांगुली
मंसिर २, २०८१ आइतबार
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री पौडेल
मंसिर २, २०८१ आइतबार
तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
मंसिर २, २०८१ आइतबार
चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको पहल
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नवनियुक्त चार राजदूतले लिए शपथ
मंसिर २, २०८१ आइतबार