पुष १६ सम्म कायम शेयरधनीले मेगा बैंकको बोनस र नगद लाभांश पाउने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार २०:२७:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/mega-bank-ceo-chairman_pQC7yPJKlL.jpg)
९ पुष, काठमाडौं । मेगा बैंक लिमिटेडको पुष १६ गतेसम्म कायम शेयरधनीले बैंकले प्रस्ताव गरेको लाभांश पाउने भएका छन् । बैंकले १० औं वार्षिक साधारण सभा प्रयोजनको लागि पुष १७ गते बुक क्लोज गर्ने भएको छ भने पुष २९ गते साधारणसभा बोलाएको छ ।
कोरोनाभाइरस संक्रमण अझै पनि कायम रहेको कारण बैंकको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत बिहान ११.३० बजेदेखि सभा सुरु हुनेछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ ।
बोनस शेयर वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने तयारी पनि छ । यसैगरी, अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि राखिएको छ ।
विगत अर्थिक वर्षदेखि नै उल्लेख्य नाफा वितरण गर्न नसकेको बैंकको लाभांश वितरण एकनासले हुन सकेको छैन । स्थापनाकालदेखि ९ आर्थिक वर्ष लाभंश बाँडेको बैंकले आ.व. ०६८/६९ मा ६.५० प्रतिशत नगद लाभांश दिएको थियो । त्यस्तै आ.व. ०६९/७० मा ९ प्रतिशत नगद लाभांश, ०७०/७१ मा १२ प्रतिशत बोनस र सो मा लाग्ने कर बापत ०.६३ प्रतिशत नगद लाभांश, आ.व ०७१/७२ मा १० प्रतिशत बोनस र सो मा लाग्ने कर वापत ०.५३ प्रतिशत नगद लाभांश तथा २५ प्रतिशत हकप्रद शेयर, ०७२/७३ मा १३.२५ प्रतिशत बोनस शेयर सो मा लाग्ने कर ०.७० प्रतिशत र ६५ प्रतिशत हकप्रद शेयर दिएको थियो । आ.व. ०७३/७४ मा १०.७५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो । आ.व ०७४/७५ मा ६.८५ प्रतिशत नगद लाभांश तथा एक प्रतिशत बोनस शेयर दिएको थियो, आ.व. ०७५/७६ मा ११.७५ प्रतिशत नगद लाभाश दिएको थियो भने आ. व. ०७६/७७ मा ३.०५ प्रतिशन नगद लाभांश र १० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडिपोजिट मेसिनमा कसरी जम्मा गर्ने चेक, यस्तो छ सिटिजन्स बैंकको प्रक्रिया ?
असार १३, २०८१ बिहिबार
राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी
असार १३, २०८१ बिहिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार