आज बजार घट्नुको यस्तो छ कारण, अब टेवा कहाँ निर पाउँला ?
आर्थिक संवाददाता
पुस ९, २०७७ बिहिबार २१:५९:३२
९ पुष, काठमाडाैं । शेयरबजारमा आज करेक्सन देखिएको छ । नेप्से परिसूचक २९ दशमलव ८३ अंकले घट्दै २०३८ दशमलव ६३ को विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचक १ दशमलव ४४ प्रतिशतले घटेकोमा ५ अर्ब ३६ करोडको शेयर कारोवार भएको छ । कारोवार रकम पनि थोरै घटेको छ ।
दोश्रो बजार २०९१ को विन्दुमा खुलेकोमा २०९१ को उच्च विन्दुसम्म पुगेको थियो । बजारको न्यून विन्दु २०२५ रहेको छ । बजार खुलेबाट नै वृद्धि हुन मानेको थिएन र अन्तिमसम्म पनि घट्दो ट्रेन्डमा थियो तर अन्तिमको दश मिनेट भने बजार सकारातमक दिशातर्फ उन्मुख हुन प्रयास गर्दै थियो।
आज केही ठूला बजार पुँजीकरण भएका कम्पनीहरु जस्तै नबिल बैंक र नेपाल लाईफ इन्स्योरेन्समा आज भने करेक्सन देखिन थालेको थियो , यी दुई कम्पनीहरुमा आएको करेक्सनले ती क्षेत्रका अन्य कम्पनीमा बिक्री चाप आएको थियो ।
त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यमा आएको गिरावटले पनि केही असर भने परेको थियो । प्राविधिक रुपमा हेर्दा बजार ईण्ट्राडेमा २१००को विन्दु माथि पुग्न आज असफल भएको छ। त्यसैले आजको ग्राफले पनि बजारको लागि २१०० को विन्दु एउटा प्रमुख प्रतिरोधको क्षेत्रमा अघि सरेको छ।
बजारको अहिलेको टेवा १९०० को क्षेत्र रहेको छ। बजारले १९००को क्षेत्रमा एउटा प्राविधिक टेवा पाउने देखिन्छ भने १९०० को क्षेत्र एउटा मनोवैज्ञानिक टेवा क्षेत्र पनि हो ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते, दुईको अवस्था गम्भीर
मंसिर ८, २०८१ शनिबार