पल्सर स्पोर्ट अवार्डको मुख्य सह–प्रायोजकमा डिसहोम
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार २२:१:५८
९ पुष, काठमाडौं । यस वर्षको पल्सर स्पोर्टस अवार्डमा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सह–प्रायोजकका रुपमा रहने भएको छ । अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नगद ७ लाख र डिसको सेवा गरी झन्डै ११ लाख रुपैयाँ बराबरको प्रायोजन रहेको छ । केही वर्षयता डिस होम अवार्डको सह–प्रायोजक रहँदै आएको छ ।
डिस होमले अवार्डका १३ थान कनेक्सन (दुई वर्षको रिचार्ज सहित), २० जना मनोनितहरुलाई २० थान, डिसहोम कनेक्सन एक वर्षको रिचार्ज सहित र १३ थानसेट–टप बक्स दुई बर्षको रिचार्ज सहित उपलब्ध गराउने बताइएको छ । यो सम्झौता एक बर्षको रहने कार्यक्रममा जानकारी गराइयो ।
पुस २८ गते १० विधामा अवार्ड दिइने मञ्चले यसअघि नै जानकारी गराइसकेको छ । अवार्डअन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको थियो । त्यसमा पौडीकी गौरीका सिंह, भलिवलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र कराँतेका मण्डेकाजी श्रेष्ठ मनोनयनमा परेका छन् ।
पिपल्स च्वाई अवार्डको विजेताको चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिने बताइएको छ । ई–सेवाबाट भोटिङ प्रक्रिया गत साता नै सुरु भइसकेको छ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन केहि दिन सार्वजनिक गरिने मञ्चले जानकारी दिएको छ । लाइफटाइम एचिभमेन्ट अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, टिम अफदीइयर अवार्डसहित अन्य अवार्डको को घोषणा अवार्ड कार्यक्रमको दिन गरिने बताइएको छ । एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई मञ्चले यो वर्ष पनि सम्मान गर्ने जानाएको छ ।
विगतकावर्षमा जस्तै यसपल्ट पनि उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजपल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्ने तथा अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्पर प्राप्त गर्ने मञ्चले जनाएको छ ।
अवार्डलाई सह–प्रायोजनको रुपमा सूर्य नेपाल प्रा लि, रुस्लान, कामारु टे«डिङ प्रा लि (अन्तर्राष्ट्रिय ब्राण्ड केल्मीको आधिकारिक बिक्रीवितरक केल्मी नेपाल), टर्किस एयरलाइन्स, रोयल सिंगीहोटल, होटल क्राउनप्लाजा, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद र नेपालओलम्पिक कमिटीको समेत सहयोग रहेको मञ्चले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपेरिस ओलम्पिकमा मनिता श्रेष्ठ प्रधान छनौट
असार १३, २०८१ बिहिबार
भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १३, २०८१ बिहिबार
अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा
असार १३, २०८१ बिहिबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने
असार १३, २०८१ बिहिबार
एसईईमा सबैभन्दा बढीले २.८० देखि ३.२० सम्मको ग्रेड प्राप्त
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
असार १३, २०८१ बिहिबार
विपद् प्रभावितको घरमै पुगेर राहत
असार १३, २०८१ बिहिबार
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन गर्न छुट्टाछुट्टै समिति गठन
असार १३, २०८१ बिहिबार
मेलम्ची नदीमा महिलाको शव फेला
असार १३, २०८१ बिहिबार
सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
असार १३, २०८१ बिहिबार
युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा
असार १३, २०८१ बिहिबार