व्यास नगरपालिकाद्धारा छात्रालाई सेनेटरी प्याड
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार १:४:२
९ पुष, दमौली । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका छात्रालाई पठनपाठनमा नियमित गराउन नगरपालिकाले सेनेटरी प्याड उपलब्ध गराएको छ । छात्रालाई नियमित क्याम्पस आउने वातावरण सिर्जना गर्ने उद्देश्यसहित नगरपालिकाले क्याम्पसलाई दुई हजार प्याकेट सेनेटरी प्याड उपलब्ध गराएको हो ।
क्याम्पसमा करीब दुई हजार छात्रा अध्ययनरत छन् । त्यसमध्ये ९०५ भन्दाबढी छात्रा ग्रामीण भेगका छन् । उनीहरुमध्ये धेरै जना महिनावारी भएका बेला तीनदेखि चारदिनसम्म क्याम्पसमा अनुपस्थित हुने गरेका छन् । समुदायबाट सञ्चालित क्याम्पसमा ८० प्रतिशत छात्रा अध्ययन गर्ने गरेका छन् । कूल विद्यार्थीको १८ प्रतिशत विद्यार्थी दलित छन् भने ७० प्रतिशत विद्यार्थी विपन्न समुदायका छन् । क्याम्पसले भर्नाका क्रममा दलित विद्यार्थीलाई विशेष प्राथमिकता दिने गरेको छ ।
क्याम्पसले प्रदान गर्ने छात्रवृत्ति र प्राथमिकताका कारण विद्यार्थी क्याम्पसमा अध्ययनका लागि आकर्षित हुने गरेको क्याम्पसले जनाएको छ । क्याम्पसले वार्षिकरुपमा रु २० लाख गरीब, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिवापत वितरण गर्ने गरेको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसले शैक्षिक गुणस्तर मापन ‘क्युएए’ को मान्यता प्राप्त गरिसकेको छ । विसं २०४३ मा आदिकवि भानुभक्त क्याम्पस स्थापना भएको थियो । जुनबेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने बाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए ।
क्याम्पस सञ्चालनको शुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो । क्याम्पसमा लायन्स क्लबकै एक लाख डलर सहयोगमा विज्ञान प्रयोगशाला भवन निर्माणाधीन अवस्थामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार